LIVE FM

शर्मा अर्थमन्त्रीमा दोहोरिँदै

  • BFM
  •    
  • July 31, 2022

काठमाडौँ — जनार्दन शर्मा पुन: अर्थमन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकटका एक पोलिटब्युरो सदस्यका अनुसार माओवादीले शर्मालाई नै अर्थमन्त्री बनाउनका लागि नाम पठाइसकेको छ ।

शर्माको शपथको कार्यक्रम प्रधानमन्त्री तथा राष्ट्रपतिको कार्यालयले तय गर्ने उनले बताए ।

बजेट भाषणको अघिल्लो रात अनधिकृत मानिसहरुलाई अर्थमन्त्रालयभित्र लिएर करका दरमा हेरफेर गरेको भन्दै विवादमा आएपछि उनले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।

शृंखलाबद्ध विवादास्पद काम गरिरहेका अर्थमन्त्री जनार्दन शर्मा फेरि विवादमा तानिएका छन् । बजेट निर्माणको अन्तिम दिन अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराई राजस्वका दर हेरफेर गरेको विषयबारे अन्नपूर्ण पोस्ट दैनिकले सोमबार खुलासा गरेपछि अर्थमन्त्री शर्मा थप विवादमा तानिएका थिए । मन्त्री शर्माले केही व्यवसायीलाई अनुकूल हुने गरी राजस्वका दरहरू हेरफेर गरेको आरोप लागेको थियो । करको दर हेरफेर गर्न उनले बजेट भाषणको अघिल्लो रात (जेठ १४ गते) राजस्व प्रशासनमा लामो समय काम गरेर अवकाश भएका नायब सुब्बा रघुनाथ घिमिरे र अर्का एक चार्टर्ड एकाउन्टेन्टलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको उनीमाथि आरोप लागेको थियो ।

यसअघि पनि पदीय मर्यादा बिर्सेर विभिन्न विवादास्पद काम गरेपछि उनी आलोचित बन्दै आएका छन् ।

ताजा समाचार