LIVE FM

जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बन्ने बाटो खुल्यो

  • BFM
  •    
  • July 29, 2022

आज मिति २०७९ साल साउन महिनाको १३ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ ।

१. संसदीय छानबिन समितिको प्रतिवेदन

निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई पुनः अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने बाटो खुलेको छ । संसदीय समितिले शुक्रबार उनलाई बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेशका विषयमा लागेको आरोपमा सफाइ दिएसँगै उनलाई पुनः सोही मन्त्रालयमा फर्किन बाटो खुलेको हो । यद्यपि शर्मा आबद्ध पार्टी नेकपा माओवादी केन्द्रले उनलाई पठाउने या अब के गर्ने भन्नेबारे केही खुलाएको छैन ।तर, असार २२ मा संसदीय छानबिन समिति बनेसँगै छानबिन समितिलाई सघाउन भन्दै शर्माले राजीनामा दिएपनि हालसम्म नयाँ नियुक्ति भएको छैन । अर्थ मन्त्रालयको जिम्मेवारी हाल स्वयम् प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्दै आएका छन् ।​​

याे पनि

अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश देखिएन, जनार्दन शर्माले पाए क्लिन चिट (पूर्णपाठसहित)

संसदीय समितिको प्रतिवेदन आएसँगै केही दिनमै अर्थमन्त्रीको नियुक्ति हुने निश्चित छ । माओवादीकै अध्यक्ष प्रचण्ड र नेता वर्षमान पुनको अभिव्यक्तिले पार्टीले शर्मालाई नै सो जिम्मेवारीमा फर्काउने सम्भावना बलियो छ । प्रचण्डले प्रमुख प्रतिपक्षी दल एमालेले अनावश्यक लफडा निकाले पनि पूर्व अर्थमन्त्री निर्दोष सावित भएको बताए ।  काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले नखाएको विष नलाग्ने भन्दै अर्थमन्त्री र अर्थमन्त्रालयले कुनै गल्ती नगरेका कारण छानविन समितिले निर्दोष सावित गरेको बताए ।​

याे पनि

जनार्दनको दोष थिएन, खाएको विष पो लाग्छ नखाएको लाग्दैन : प्रचण्ड

यस्तै नेता पुनले अर्थमन्त्रीमा अब जनार्दन शर्माकै हक लाग्ने बताए ।  शुक्रबार प्रतिनिधिसभा भवन बानेश्वरमा पत्रकारहरूसँग कुराकानीमा गर्दै नेता पुनले संसदीय छानबिन समितिले निर्दोष ठहर गरेपछि अर्थमन्त्रीका लागि पार्टीमा शर्मा बाहेक अरूको विकल्प नखोजिएको बताए । छानबिनका लागि सघाउन अर्थमन्त्रीबाट राजीनामा दिएका कारण अहिले निर्दोष सावित भएपछि उनी नै अर्थमन्त्रीमा फर्कनुपर्ने आफ्नो धारणा रहेको बताए ।  उनले बरू आफु पुनस् मन्त्री बन्ने वा नबन्ने भन्ने कुरा शर्माले सार्वजनिक नगरेको बताए । यसबारे पार्टीमा पनि थप छलफल हुने नेता पुनको भनाइ छ ।​

याे पनि

क्लिन चिट पाएपछि अर्थमन्त्रीमा जनार्दन शर्माकै हक लाग्छ : पुन

२. प्रतिवेदनमाथि एमालेको प्रतिक्रिया

नेकपा एमालेका उपमहासचिव तथा संसदीय छानबिन समिति सदस्य प्रदीपकुमार ज्ञवालीले छानबिन समितिले संसदमा बुझाएको प्रतिवेदन अपूर्ण रहेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकपछि संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग बोल्दै ज्ञवालीले यस्तो बताएका हुन् । उनले सत्ता पक्षका सांसदहरु समितिले करका दर हेरफेर गर्न अनाधिकृत व्यक्ति प्रवेशबारे अध्ययन अनुसन्धान गर्ने सबै टुलर्स प्रयोग गर्न सहमति नभएको बताए । ज्ञवालीले छानबिनको लागि अर्थमन्त्रालयले बजेट निर्माणको अन्तिम दिन करका दर हेरफेर गर्ने बस्ने कर्मचारीको नामसमेत उपलब्ध नगराएको बताए ।​​

याे पनि

छानबिन समितिको प्रतिवेदन : प्रतिपक्ष भन्छ-प्रतिवेदन अपूर्ण, सत्तापक्ष भन्छ-अनाधिकृत व्यक्ति प्रवेश गरेको छैन
शर्मामाथिको छानबिनमा एमालेको फरक मत : गहिरो अनुसन्धान नै हुन सकेन

याे पनि

जनार्दन शर्मामाथिको छानबिनका क्रममा संकलन भए यी ९ कागजात र प्रमाण
छानविन समितिले धेरै मिहिनेत गर्‍यो, पूर्व अर्थमन्त्रीमाथिको आरोप पुष्टि भएन  ः सभापति कर्ण
जनार्दन शर्मामाथि छानबिन गर्दा भेटियो सिंहदरबारको सुरक्षामा गम्भीर त्रुटि
करको दरबारे समितिलाई शर्माको जवाफ : ‘रातो कर माफ गर’ भनेर महिनौँ आन्दोलन भएकै थियो
जनार्दन शर्मालाई ‘क्लिन चिट’ दिँदै समितिले दियो ११ सुझाव
संसदीय छानबिनमा निवर्तमान अर्थमन्त्री शर्मा निर्दोष साबित

३. बीमा हत्याउन अपराध

ठुलो रकमको बीमा गरी भुक्तानी लिन एक युवकको हत्या भएको खुलेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार पत्रकार सम्मेलन गरी हत्याको रहस्य खुलाएको हो । प्रहरीले बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको हत्या र हत्यापश्चात् बीमा रकम असुल गरिएको सम्बन्धमा ६ जनालाई पक्राउ गरी संगठित अपराध र ठगीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।​

याे पनि

बीमा रकम हात पार्न दुर्घटनाको नाममा योजनाबद्ध हत्या
इन्सुरेन्सको पैसा लिन नक्कली विवाह गरी युवकको हत्या, ६ जना पक्राउ

४.बाघको वृद्धि

बाघको बासस्थान रहेका ५ वटा राष्ट्रिय निकुञ्जमध्ये पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या वृद्धिदर सबैभन्दा उत्कृष्ट देखिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बाघको संख्या वृद्धिदरमा पर्सा राष्ट्रिय निकुञ्ज सबैभन्दा राम्रो देखिएको हो । विभागका अनुसार नेपालमा बाघको संख्या ३५५ पुगेको छ । यसअघि सन् २०१८ मा भएको गणनामा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९३, बर्दियामा ८७ र बाँकेमा २१ वटा बाघ थिए । त्यसैगरी पर्सामा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा बाघ थिए ।​

याे पनि

देशभरका निकुञ्जमध्ये पर्सा राष्ट्रिय निकुञ्जमा बाघको वृद्धिदर सर्वाधिक
बाघको बासस्थान व्यवस्थापन गर्न आवश्यक छ : प्रधानमन्त्री देउवा

५. प्रम–लु भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो बालुवाटारस्थित सरकारी निवासमा प्रधानमन्त्री देउवा र अमेरिकी सहायक मन्त्री लुबीच भेटवार्ता भएको हो । सो क्रममा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा अमेरिकाले नेपालको आर्थिक विकासमा गरेको सहयोगको विषयमा कुराकानी भएको प्रधानमन्त्री देउवाले ट्विटमार्फत जानकारी दिएका छन् । प्रधानमन्त्री देउवाले नेपालको विकासमा अमेरिकाको निरन्तर सहयोग तथा उच्चस्तरको आर्थिक साझेदारी निरन्तर कायम रहने अपेक्षा पनि गरेका छन् ।​

याे पनि

प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता

६. कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका ५७७ नयाँ संक्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ । ४,२८२ को नमुना परीक्षण गरिएकोमा आरटी पिसिआर विधिबाट ३९१ र एन्टीजेन विधिबाट १८६ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।​

याे पनि

२४ घण्टामा थपिए ५७७ कोरोनाका नयाँ संक्रमित, दुईको मृत्यु

 ७. एडिनो भाइरस संक्रमित बढ्दै

काठमाडौं उपत्यकाका अस्पतालहरुमा एडिनो भाइरस संक्रमित बालबालिकाको संख्या बढ्दै गएको छ । बालरोग विशेषज्ञहरु भने यस्तो भाइरसको संक्रमण बर्सेनि हुने गरेको भन्दै नआत्तिन सर्वसाधारणलाई सुझाव दिन्छन् । कान्ति बाल अस्पतालमा ज्वरो, रुघाखोकी, पातलो दिसा आउने र आँखा रातो भएर उपचार गर्न आउने बालबालिकाको संख्या बढेको बालरोग विषेशज्ञ डा.रामहरि चापागाई बताउँछन् । उनका अनुसार बच्चाहरुमा एडिनो भाइरस संक्रमण पाइए पनि यसले स्वास्थ्यमा गम्भीर जटिला ल्याउँदैन ।​

याे पनि

के हो एडिनो भाइरस ? बालबालिकालाई कसरी जोगाउने ?

८. सेयर बजार

शुक्रबार सेयर बजार परिसूचक नेप्सेमा १२ अंकमाथिको वृद्धि भएको छ । अघिल्लो दिन १५ अंकले बढेको बजारमा शुक्रबार थप १२.९२ अंकले बढ्दै नेप्से सूचक २१ सय ४०.३९ विन्दुमा उक्लिएको हो । दुई घण्टा खुलेको बजारमा आज सेन्सेटिभ इन्डेक्स समेत ३.८६ अंकले बढ्दै ४०९.४८ अंकमा उक्लिएको छ । यस दिन हाइड्रोपावर, निर्जीवन बीमा र म्युचुलअल फन्ड बाहेक अन्य सबै उपसूचक धनात्मक भएका छन् ।​

याे पनि

नेप्सेमा १२ अंकको वृद्धि, २ अर्ब १९ करोडको कारोबार
नेपालबाट विदेश निर्यात हुने सुपारीको डिएनए परीक्षण गर्नुपर्ने
धितोपत्र बोर्डले क्षतिपूर्ति कोष सञ्चालनमा ल्याउने

९. एन्फामा विवाद

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नियुक्त गर्न बाँकी ठूला पद उपमहासचिव र सीईओ हुन् । यी दुवै पदको दाबेदारीमा अहिले गौरव थापा छन् । एन्फाका पूर्व अध्यक्ष गणेश थापाका छोरा गौरव थापाको नियुक्तिको विषयमा धेरै पटक बहस र आलोचना भइसकेको छ ।

उनको नियुक्तिको विषयलाई लिएर अहिले एन्फा कार्यसमितिको दोस्रो बैठक स्थगित भएको छ । कार्यसमिति बैठकको मुख्य एजेन्डा भनेकै गौरव थापालाई नियुक्त गर्नु हो । गौरवको नियुक्तिको विषयलाई लिएर एन्फामा पनि तीन धार देखिन्छ । पूर्व अध्यक्ष थापा पक्ष, पंकज नेम्वाङ र पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा पक्ष ।​

याे पनि

एन्फामा ‘इन्ट्री’ खोज्दै गौरव थापा

१०. र योपनि…

परराष्ट्रमन्त्री डा नारायण खड्काले अमेरिकाको ‘स्टेट पार्टनरसीप प्रोग्राम’लाई अघि नबढाउने पत्र अमेरिकालाई पठाइसकेको जानकारी गराएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री खड्काले एसपीपी अघि नबढाउने निर्णय मन्त्रिपरिषदले गरिसकेको स्मरण गराउँदै सोही अनुसार परराष्ट्र मन्त्रालयले कारवाही अघि बढाइसकेको प्रस्ट पारे ।​

याे पनि

साउन ९ गते अमेरिकालाई एसपीपी अघि नबढाउने पत्र पठाइसकेको छ : परराष्ट्रमन्त्री
अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्दा अविश्वास झल्किन्छ : परराष्ट्रमन्त्री खड्का
राष्ट्रियतालाई बन्धक राखेर सरकारले विदेशी प्रभुको स्वार्थ सिद्ध गर्दैछ : सांसद बानियाँ
सरकारलाई निरुदेवी पालको प्रश्न– निर्मला पन्तका हत्यारा किन समात्न नसकेको ?

औषधि तथा उपकरण खरिदमा अनियमितता नभएको स्वास्थ्य सेवा विभागले जनाएको छ । स्वास्थ्य सेवा विभागको औषधि खरिदमा अनियमितता भएको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति शाखा प्रमुख डा। सुरेन्द्र चौरसियासँग मंगलबार स्पष्टीकरण सोधेका थिए ।​

याे पनि

औषधि खरिदमा अनियमितता नभएको स्वास्थ्य सेवा विभागको दाबी

अभिनेता खगेन्द्र लामिछाने निर्देशित फिल्म आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै यो फिल्म प्रदर्शनमा आएको हो । निर्माण, अभिनय र लेखनमा आफूलाई प्रमाणित गरिसकेका खगेन्द्रको निर्देशनमा यो डेब्यु फिल्म हो । फिल्मले देशभर एकल प्रदर्शन अवसर पाएको हो ।

याे पनि

फ्राइडे रिलिज : देशभर ‘पानीफोटो’, खगेन्द्रको अग्निपरीक्षा

हनि ट्रयापमा पारेर पुरुषलाई रकम बार्गेनिङ गरेको आरोपमा प्रहरीले पती पत्नीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बु घर भई भक्तपुरको बालकोट बस्ने २४ वर्षका शेखर बास्तोला र उनकी पत्नी २० वर्षीया रोजिना राउत छिन् ।

याे पनि

हनि ट्र्यापको आरोपमा दम्पति पक्राउ

बागमती प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई करको दायरामा ल्याउने तयारी थालेको छ । प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले पठाओ, इन ड्राइभ टुटल जस्ता दुई पाङ्ग्रे निजी सवारी साधनमा हुने ‘राइड सेयरिङ’ लाई करको दायरमा ल्याएर व्यवस्थित गर्ने तयारीमा जुटेको हो ।​

याे पनि

‘राइड सेयरिङ’ लाई करको दायरामा ल्याउँदै बागमती प्रदेश सरकार

यो पनि छुट्यो कि ?

याे पनि

साउदी युवराज सलमानको फ्रान्समा भव्य स्वागतमा किन उठे प्रश्न ?
‘बालेनका कारण र्‍यापरको इमेज राम्रो बन्यो’
कल सेन्टरको काठमाडौं–बुटवल कनेक्सन : नेपालीको नाममा दर्ता, चिनियाँको लगानी
अबको गन्तव्य: जनताको बल
ताजा समाचार