LIVE FM

जहाज नआय पछि यात्रु थुप्रिय ।।

  • BFM
  •    
  • July 23, 2022

जीवनकुमार कैला

बर्षायामले सडक मार्ग अवरुद्ध संगै हवाइजहाजले नियमित उडान नगर्दा बाजुरामा हवाई यात्रुको चाप बढेको छ । बाजुरामा नियमित उडान भर्दै आएका सरकारी तथा निजि एअरलाईन्स कम्पनिले नियमित उडान भर्न नसक्दा कोल्टीमा यात्रुको चाप वढ्न थालेको बताइएको छ ।

हप्तामा प्रत्यक दिन उडान भर्दै आएका सरकारी तथा निजि कम्पनिका अएरलायन्स नियमित नहुदा टिकट पाउन समस्या भएको यात्रुले बताउने गरेका छन । यस अघि कोल्टी विमानस्थलमा हप्तामा दुई पटक उडान भर्ने नेपाल वायु सेवा निगमले करीव एक महिना देखि उडान भर्न नसकेको र अन्य निजि कम्पनिले पनि हप्तामा दुई दिन मात्र उडान भर्ने कार्यतालिका वनाउदा यात्रुको चाप वढेको बताइएको छ ।


नेपाल नागरीक उड्डयन कार्यालय धनगढिका प्रमुख रामकृष्ण भट्टले पहाडी क्षेत्रमा उडान भर्ने साना जहाजको कमिले नियमित उडान हुन नसकेको बताउनुभयो । बाजुराका लागि हप्तामा दुई दिन सेडियुल राखिएको भए पनि जहाज एउटै हुदा उडान सम्भव नभएको उहाँले बताउनुभयो । नेपाल एअरलाईन्सका दुई वटा जहाज मध्य एउटा अहिले ग्राउन्डेट छ एउटाले सेवा नियमिति हुन नसकेको भट्टले बताउनुभएको छ ।

This image has an empty alt attribute; its file name is FB_IMG_1658575094416.jpg

बाजुरा उडान भर्दै आएका अन्य निजि कम्पनि तारा, समिट र सीता एअरलाइन्सले हप्तामा दुई दिन उडान गर्ने कार्यतालिका बनाएका छन । जस अनुसार तारा एअरलाईन्सले हप्ताको वुधवार र शुक्रवार उडान भर्ने कार्यतालिका वनाएको तारा एअरलाइन्स कोल्टीका कर्मचारी नरबहादुर कट्टेलले जानकारी दिनुभयो । त्यस्तै समिट एअरलाईन्सले शनिवार र मंगलवार उडान गर्ने कार्यतालिका अनुसार उडान भर्दै आएको कर्मचारी पविन्द नाथले बताउनुभयो ।


बाजुरा उडान गराउदै आएका एअरफाष्ट काग्रो र वडिमालिका काग्रोको जीएसए सेवा समेत वन्द भएका कारण पनि यात्रुको चाप वढ्न थालेको छ । निजि कम्पनिले हप्तामा नियमित उडान भर्दै आए पनि यात्रुको चाप वढिरहने कोल्टीमा पछिल्लो समय उडान नियमिति नहुदा त झनै समस्या हुने देखिएको छ । एकातिर सडक बाटो मार्तडी कोल्टी सडक खण्ड समेत बन्द अवस्थामा रहेको अर्को तिर जहाँजले समेत नियमित उडान नगर्दा बाजुरा, हुम्ला, मुगु लगायतका पहाडी जिल्लाका यात्रुहरु मारमा परेका छन ।

ताजा समाचार

ताजा समाचार