LIVE FM

पानिकाे बहाव बढेपछि कर्णाली पुल उच्च जोखिममा

  • BFM
  •    
  • July 21, 2022

जिवन कैला

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको पीलुचौर झोलुङ्गे पुल उच्च जोखिममा रहेको छ । कर्णाली नदिमा पानीको वहाव वढे संगै पीलुचांैरको झोलुङ्गे पुल उच्च जोखिममा रहेको हो । स्वामीकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिकाको विचमा पर्ने पीलुचांैर झोलुगं पुलमा पानीको सतह वढे पछि आवत जावतमा समस्या भएको छ । हिजो राति देखिको अविरल वर्षाले खहरे खोला तथा कर्णाली नदिमा पानीको वहाव वढे संगै पुल जोखिममा हुदा स्थानियलाई वारपार गर्न समस्या भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय पीलुचांैरका प्रहरी सहायक निरीक्षक देवदत्त पन्तले आवत जावतमा समस्या हुने भए पछि डोजर मार्फत नदिको पानीलाई किनार लगाउने काम भईरहेको बताउनुभयो । वुढीनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिका जोड्ने एक मात्र झोलुङ्गे पुल वर्षाका कारण जोखिम हुदा आवत जावतमा कठिनाई भए पछि डोजर मार्फत वाटो खुलाउने प्रयास भईरहेको बताउनुभयो । पुल जीर्ण अवस्थामा छ, त्यसै पनि आवत जावत गर्न डर हुने गथ्र्यो, वर्षातको समयमा पुल माथिबाट पानी बग्न थाले पछि त्रास बढेको उहाँले बताउनुभएको छ ।

कर्णाली नदि संगै निरन्तर वगिरहने खोल्यागाडमा समेत पानीको वहाव वढे पछि नदि आसपासका वस्ति तथा खेतियोग्य जमिनमा क्षेति पुगेको छ । यो संगै दैयाँ, डुडीकुच्चा, पीलुचांैर वजार र वड्डीगाड लघुजलविद्युत आयोजनाको कार्यालय लगायतका दर्जनांै वस्ति जोखिममा रहेका छन । खोलाका कारण स्थानियका खेति योग्य जमिन कटान संगै छेउछाउका वस्तिका वासिन्दालाई समस्या भएको छ । निरन्तरणको वर्षा संगै ठाउँ ठाउँमा पहिरो र खोला खोल्सामा पानीको सतह वढ्न थाले पछि स्थानियलाई सर्तक रहन प्रहरीले आग्रह गरेको छ । विशेष गरी नदि आसपास तथा भिराल

ताजा समाचार

ताजा समाचार