LIVE FM

जिल्ला समन्वय समिति बाजुरामा एमालेको एकल उम्मेद्धारी ।।

  • BFM
  •    
  • July 21, 2022

जीवनकुमार कैला

जिल्ला समन्वय समिति बाजुरामा नेकपा एमालेको एकल उम्मेद्धारी परेको छ । जिल्लाका ९ वटा स्थानिय तहमा गरी बहुमत प्रमुख उपप्रमुखमा नेकपा एमालेबाट विजयी भए संगै जिल्ला समन्वय समितिको नेतृत्व नेकपा एमालेले गर्ने भएको हो ।
जिल्ला समन्वय समितिमा मतदान गर्ने १८ जना मध्य एमालेका ११ जना र नेपाली काँग्रेसका ६ जना एक जना स्वतन्त्र अर्थात बुढीनन्दा नगरपालिकाका उपप्रमुख रामबहादुर बोहोराले समेत एमालेलाई समर्थन गरेकाले एमालेले जिल्ला समन्वय समितिको नेतृत्व गर्ने निश्चित भएको हो ।


यसैविच आज विहिवार दिउसो १ बजे सम्मको मनोनय दर्ताको समय तालिका सम्म नेकपा एमालेले मात्र उम्मेद्धारी दर्ता गराएको र नेपाली काँग्रेशले उम्मेदारी नै नदिएको मुख्य निर्बाचन अधिकृत्त माधबप्रसाद घिमिरेले बताउनुभयो ।
मनोनयन दर्ता संगै नेकपा एमालेबाट समन्वय प्रमुखमा तुलसीराम रोकाया, उपप्रमुखमा लाछि सार्की, खुला सदस्यमा हिक्मतबहादुर थापा, मनराज भण्डारी, लालबहादुर महताराले उम्मेद्धारी दर्ता गराएका छन् । त्यस्तै महिला सदस्यमा कल्चुदेबी रावत, कल्धरा बुढा, लक्ष्मी बुढा साउँद र दलित महिला सदस्यमा रम्ब देबी विकले उम्मेद्धारी दर्ता गराएको मुख्य निर्बाचन अधिकृत्तको कार्यालयले जनाएको छ ।

जिल्ला समन्वय समितिको निर्वाचन कार्यतालिका अनुसार साउन ५ गते उम्मेद्धारी दर्ता गरि साउन ६ गते उम्मेद्धारको बिरोधमा उजुरी र मनोनयन पत्रको जाँच र उजुरी उपरको निर्णय गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै साउन ७ गते उम्मेद्धारको नामावली प्रकाशन र उम्मेद्धारले नाम फिर्ता लिने तालिका छ भने साउन ८ गते उम्मेदारको अन्तिम नामावली प्रकाशन, उम्मेद्धारलाई चुनाव चिन्ह प्रदान गरिने र निर्बाचन हुने कार्यतालिका रहेको जनाइएको छ ।

ताजा समाचार

ताजा समाचार