राजेन्द्र विक
बाजुराको जगन्नाथ गाउँपालिका वडा नं दुई अन्तरगत पर्ने बेर्मा र जुड्डी बजारको अनुगमन गरीएको छ । आज प्रहरी चौकी जुड्डीको समन्वय तथा गाउँपालिकाका उपाध्यक्ष मरूकला बिष्टको संयोजकत्वमा जुड्डी र बेर्मा बजारको संयुक्त अनुगमन गरिएको हो । म्याद गुर्जेका सामानको विक्री वितरण तथा मुल्य सूची कायम गराउने र विना दर्ता सञ्चालित व्यवसाय दर्ता प्रक्रियामा ल्याउने उदेश्यले बजार अनुगमन गरीएको गाउँपालिकाले जनाएको छ ।
लामो समय देखि दर्ता प्रक्रियामा नगएर विभिन्न किसिमका व्यवसाय सञ्चालन गरीरहेको व्यवसायीलाई सचेत समेत गराइएको हो । अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी सञ्चालन गरेका ब्यवसायीलाई यहि माघ १० गते भित्र व्यवासाय दर्ताका लागि अनुरोध गरीएको गाउँपालिकाका प्रशासन सहायक राजेन्द्र प्रसाद जोशीले जानकारी दिनुभएको छ ।
यदि वयवसायीले उक्त समयावधी भित्र दर्ता प्रक्रियाका नआएको खण्ड हर्जना सहित पसल व्यवसाय बन्द गराउने समेत निर्णय भएको उहाँले बताउनुभएको छ । बेर्मा र जुड्डी बजार अनुगमनको क्रममा दर्ता भएका पसलको नविकरण गरीनुका साथै म्याद गुर्जेका साम्रगीको मुचुल्का तयार गरी नष्ट उहाँले बताउनुभयो ।
अनुगमनमा गाउँपालिका उपाध्यक्ष मरूकला बिष्ट, प्रमूख प्रशासकीय अधिकृत रविन्द्र बहादुर शाही, प्रशासन सहायक राजेन्द्र प्रशाद जोशी, राजश्व शाखा प्रमुख उब्ज सार्की, जुड्डी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक चन्द्र सिँह कामी, प्रहरी हवल्दार मोहनदत्त भट्ट, बेर्मा बजार व्यबस्थापन समिती सदस्य कुसल धामी लगायत बजारवासीको सहभागिता रहेको थियो ।