LIVE FM

बबरमहलमा बटन थिचेर बाटो काट्न मिल्ने!

  • BFM
  •    
  • November 24, 2023

काठमाडौं महानगरपालिकाले बबरमहलस्थित काठमाडौं जिल्ला अदालत अगाडि पहिलोपटक बटन थिचेर जेब्रा क्रसिङमा बाटो काट्न मिल्ने ट्राफिक बत्ती अर्थात् ‘पोलिकन क्रसिङ जडान गर्दैछ। 

शुक्रबार महानगरपालिकाले काठमाडौं जिल्ला अदालत अगाडिको जेब्रा क्रसिङमा बटन थिचेर बाटो काट्न सकिने प्रविधिको ट्राफिक लाइट जडान कार्य गरिरहेको जिल्ला अदालतका अधिवक्ता कमलप्रसाद पोखरेलले जानकारी दिए।

उनका अनुसार पहिलेका लाइटहरू ट्राफिकद्वारा संचालित भएता पनि यस लाइट भने बाटो काट्न बटन दबाएको केही सेकेण्डपछि बाटो काट‍्न मिल्ने छ।  

‘बटन थिचेको १०-१५ सेकेण्डमा हरियो बत्ती बल्छ। त्यसबेला दुवै तर्फको सवारीसाधनहरू रोकिन्छन् अनि पैदलयात्रुले बाटो काट्न सक्छन्,’ उनले भने, ‘तर ८-१० जना भएर मात्र बटन थिच्न पर्ने हुन्छ।’

यस्तै यसले केही समय ट्राफिक व्यवस्थापनमा असहजता ल्याएता पनि दिर्घकालीन रूपमा फाइदा पुर्‍याउने उनको भनाइ छ। 

‘पटक-पटक सवारी साधनका कारण पैदल यात्री दुर्घटनामा पर्न थालेपछि महानगरपालिकालाई भनेका थियौं,’ उनले भने, ‘त्यसपछि महानगरपालिकाले यस स्थानमा ट्राफिक बत्ती जडान कार्य अगाडि बढाएको हो।’

Laxmi bank

त्यस्तै, निर्माण सम्पन्न भएपछि केही दिनमै उक्त बत्ति उद्घाटन गरिने जनाइएको छ। 

ताजा समाचार

ताजा समाचार