LIVE FM

स्वामीकार्तिक गाउँपालिकाको ३५ करोड वढि वजेट विनियोजन, शिक्षा, स्वास्थ्य र खानेपानी पहिलो प्राथमिकता ।

  • BFM
  •    
  • June 26, 2023

सर्मिला रोकाया, रेडियो बुढीनन्दा कोल्टी बाजुरा ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०।८१ का लागि ३५ करोड ८९ लाख २१ हजार रुपंैयाँको वजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १२ आंै अधिवेशन तथा दोश्रो गाउँ सभामा पालिकाका उपाध्यक्ष मैना जोशीको निर्देशनमा वडाअध्यक्षद्धारा आगामी आर्थिक वर्षको वजेट प्रस्तुत गरीएको हो । संघिय र प्रदेश सरकारको अनुदान, आन्तरिक आम्दानी र राजश्व सहीत ३५ करोड ८९ लाख २१ हजार रुपैँयाको बजेट आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरिएको गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले बताउनुभयो । उहाँले चालु तर्फ २५ करोड ९५ लाख ११ हजार र पुजिगत तर्फ ९ करोड ९४ लाख १० हजार विनियोजन गरीएको बताउनुभयो । शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, युवा तथा खेलकुद र लैगिंक समानता तथा सामाजिक समावेशिकरणलाई पहिलो प्राथमिकतामा राख्दै वजेट विनियोजन भएको अध्यक्ष रोकायाले बताउनुभयो ।
प्रस्तावित बजेट मध्य कार्यलय सञ्चालन तथा प्रशासनिक तर्फ ८ करोड, ९७ लाख ११ हजार १ सय, भौतिक पुर्वाधार विकाश तर्फ ६ करोड ४ लाख ४० हजार, आर्थिक विकाश तर्फ ३ करोड ७४ लाख १० हजार, सामाजिक विकाश तर्फ १५ करोड ९ लाख ९४ हजार र सुशासन तथा अन्तर सम्वन्धित क्षेत्र तर्फ २ करोड ४ लाख २६ हजार रकम विनियोजन गरीएको उहाँले बताउनुभयो ।
चालु आर्थिक वर्षमा भए गरेका प्रमुख उपलब्धीलाई आधार मानि आगामी आर्थिक वर्षमा सञ्चालित हुने कार्यहरु सहितको निति तथा कार्यक्रम र वजेट तयार पारीएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत अमर बहादुर रोकायाले बताउनुभयो

पालिकाको सबै सामुदायिक विद्यालयलाई शैक्षिक सुधार तथा स्तरउन्नती गर्ने गरी बजेट तय गरिएको उहाँले बताउनुभयो ।
सामुदायिक विद्यालयमा स्वामीकार्तिक दर्पण स्थानिय पाठ्यक्रम प्रकाशन गरी लागु गर्ने, विद्यालय बाहिर रहेका र विचमै विद्यालय छोड्ने बालबालिकालाई विद्यालय शिक्षा पुरा गर्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने, एक मा.वि, एक करेसावारी कार्यक्रम लागु गर्ने, माध्यामिक विद्यालयमा चौकीदारको व्यवस्था, एसईई र १२ कक्षामा उत्कृष्ट विद्यार्थी र उत्कृष्ट दलित छात्र छात्रालाई छात्रवृत्तिको व्यवस्था गरीने निती संगै वजेट विनियोजन भएको छ ।
गाउँपालिकाले सुत्केरी आमा संग उपाध्यक्ष कोशेली कार्यक्रमलाई निरन्तरता दिएको छ । स्वास्थ्य संस्था र वर्थिङ्ग सेन्टरमा नियमित गर्भजाचँ र प्रसुति गर्ने आमालाई एक मुष्ट २ हजार नगर दिने, सुत्केरी तथा दुर्घटनामा परेका विरामीलाई निशुल्क एम्वुलेन्स सेवा, गर्भवति आमालाई स्वास्थ्य संस्थामा पुर्र्याइ सुत्केरी गराए वाफत महिला स्वास्थ्य स्वयम सेविकालाई थप ५ सय प्रदान गर्ने, ७० वर्ष भन्दा माथिका जेष्ठ नागरीकलाई घर मै पुगि स्वास्थ्य चेकजाचँको ब्यवस्था, विपन्न नागरीकलाई निशुल्क स्वास्थ्य एम्वुलेन्स सेवा, दिर्घ रोगिलाई निशुल्क औषधिको ब्यवस्था, सिमान्कृत तथा पछाडी परेका समुदायलाई निशुल्क स्वास्थ्य विमा गरीने र यसै आर्थिक वर्षबाट गाउँपालिकामा पालिका स्तरीय अस्पताल सञ्चालन गर्ने निति लिएको गाउँपालिकाका प्रवक्ता शिहं धामीले बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रममा एक घर, एक धारा र एक शौचालयको अवधारण अघि सारीएको छ । कृर्षिको आधार, सिचाईमा सुधार आभियानलाई सार्थक बनाउन पालिका भित्रको सिचाई आयोजनाको मर्मत सम्भार, पानीका मुलहरु, जलाधार र शिमसार क्षेत्रको संरक्षण, खानेपानी समस्याको तत्कालिन, अल्पकालिन र दिर्घकालिन समाधानका लागि सम्भाब्य स्रोतको खोजी तथा योजना तयार गरी खानेपानी उपलब्ध गरीने निति लिएको उहाँले बताउनुभयो ।
संस्कार, सभ्यता र संस्कृतिको संरक्षण गर्ने, पालिकामा खेल मैदान निमार्णका लागि पहल गर्ने, युवालाई विदेश हैन, विजनेस भन्ने भावना जागृत गर्दै स्वरोगजार बनाउने, गाउँपालिकाको मुक्तिकोट वस्तीको व्यरोजगारी, कुपोषण र भोकमरीलाई न्युनिकरण गर्न अध्यक्ष रोजगार कार्यक्रम लागु गर्ने, अपाङ्गता भएका व्यक्तिलाई भत्ताको व्यवस्था, हिंसा मुक्त गाउँपालिकाको अभियान हाम्रो पहिचान, अभियान सञ्चालन गरी सबै प्रकारका हिंसा विरुद्ध सुन्य सहनशिताको निती लिइने बताउनुभयो ।
गाउँपालिकाले एक घर एक दुहुनु गाई अवधारण लिदै स्थानीय स्तरमा उत्पादन हुने दुधलाई बजारीकरण गर्ने, युवा व्यवसायिलाई अनुदानमा सहयोग, स्थानीय सरकार कृर्षिको सहयोगि भन्ने नाराका साथ रैथाने बालीको संरक्षण, खेती विस्तार र वजारीकरणका लागि व्यवस्था, योगदानमा आधारीत कृषक पेन्सन लागु, कृषि एम्बुलेन्स सञ्चालन, स्थानीय खाद्य संकलन तथा विक्रीका लागि कोशेली घर स्थापना गर्ने निती लिएको छ ।
गाउँपालिका भित्र भुउपयोगको निती लागु गर्दै यसै आर्थिक वर्षबाट जग्गा वर्गिकरण गर्ने, हरीयो वन, स्वामीकार्तिकको धन भन्ने नारालाई आत्मसाथ गर्दै एक घर, एक वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने, पालिका देखि भैरवथान सम्मको ११ किलोमिटर र वडा नं ४ र ५ को वडा कार्यालय सम्मको सडकलाई ग्राभिल गर्ने, वडा नं दुईको माझ गाउँ सम्मको कर्णाली छालको सडक र भुकाहाँ देखि फयाल गाउँ सम्मको सडकको टयाक खुल्ला गर्ने गरी वजेट ब्यवस्थान गरीएको छ ।
भोकै रहेकालाई एक छाक मिठो खानु भन्दा जीवनभर बाँच्न पुग्ने सिप सिकाउने, अनुसाशित, लगनशिलताका आधारमा उत्कृष्ट काम गर्ने एक पुरुष र महिला कर्मचारीलाई नगद १५ हजार सहित सम्मान गर्ने, पालिकामा आपत्कालिन केन्द्र सञ्चालन, रेडियो र टेलिभिजनसँगको सहकार्यमा हाम्रो गाउँपालिका कार्यक्रम प्रसारण गर्ने, धार्मिक, साँस्कृतिक र मानव जनजीवनका विषयवस्तुमा लेख लेख्ने पत्रकारलाई पुरस्कृत गर्ने निति तथा कार्यक्रममा उल्लेख छ ।

ताजा समाचार

ताजा समाचार