LIVE FM

बुढीनन्दा नगरपालिका भित्रका औलो प्रभावित वस्तिमा विषादी छर्किने तयारी ।

  • BFM
  •    
  • June 17, 2023

रेडियो बुढीनन्दा कोल्टी बाजुरा ।

बाजुराको बुढीनन्दा नगरपालिकाकामा लामखुट्टेको जोखिम मानिएका औलो प्रभावित वस्तिहरुमा किटनासक जन्य विषादी छर्किने अभियान सञ्चालन गरीने भएको छ । सरोकारवाला संगं एक दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको स्वास्थ्य शाखाले औलो, डेगु लगायतका किटजन्य रोगहरुको नियन्तरणका लागि लामखुट्टेको वासस्थान खोजी लार्भा नष्ट गर्न विषादी छर्किने अभियान सञ्चालन गरीने भएको हो । नगरपालिकाका दश वटा वडा मध्य लामखुट्टेको जोखिम मानिएका वडा न एक, दुई, पाचँ र ६ वडामा विषादि छर्किने अभियान सञ्चालन गरीने नगरपालिकाका स्वास्थ्य संयोजक ओमजगं शाहीले जानकारी दिनुभयो । उहाँले लामखुट्टेको जोखिम मानिएको वडा नं एक लगायतका अन्य वडामा पनि विषादी छर्किनका लागि घरधुरी सर्वेक्षण कार्य सम्पन्न भएको बताउनुभएको छ ।

ओलो रोग निवारणका लागि विषादीको ब्यवस्थापन भईसकेकोले आउदो आईतवार देखि विषादी छर्किने कार्य सञ्चालन हुने औलो रोग सम्वन्धि कार्य गरीरहनुभएका फिल्ड सहायक खम्वीर जैशीले बताउनुभयो । उहाँले लामखुट्टेको जोखिम मानिएका औलो प्रभावित वस्तिहरुमा किटनासक जन्य विषादी छर्किने कार्यमा स्वंयम सेविका लगायत सवैले सहयोग गरीदिन आग्रह गर्नुभयो । सामान्य तया आलौ रोग एनोफेलिस जातको पोथी लाम खुट्टेको टोकाईले एक ब्यक्तिबाट अर्काे ब्यक्तिमा सर्ने गर्छ । औलो रोगको प्यारासाईड बोकेको पोथी लाम खुट्टेले टोके पछि यो रोग सर्ने र मलेरीया समेत हुने स्वास्थ्य संयोजक शाहीले बताउनुभयो ।

यो रोग लागेका विरामीमा ज्वरो आउने, टाउको दुख्ने, चीरचीर पसिना आउने, वाकवाकि लाग्ने र वान्ता हुने जस्ता लक्षण देखिने गरेका बताउनुभयो । यस्ता लक्षण देखिना साथ तत्काल नजिकैको स्वास्थ्य संस्थामा गएर रगत जाचँ गराउन पनि फिल्ड सहायक जैशीले आग्रह गर्नुभयो । नेपालमा पाचँ जातका लाम खुट्टे पाईने गरे पनि चार जातका लाम खुट्टेबाट औलो रोग सर्ने उहाँले बताउनुभयो । विश्वभर पाईने ४ सय ३० जातका लाम खुट्टे मध्य ४० देखि ६० जातका लाखुट्टेले औलो रोग सार्न सक्ने बताईएको छ ।

औलो रोगबाट जोगिन घर वरीपोरीका पानी जम्ने खाल्डा खुल्डी पुर्ने, खामखुट्टे लुक्ने वुट्यान तथा झाडीलाई निर्मुल पार्ने, राति सुत्दा अनिवार्य झुलको प्रयोग गर्ने र खेतवारीमा काम गर्दा लामा बाउला भएका कपडाको प्रयोग गर्नु पर्ने स्वास्थ्यकर्मीले सुझाव दिएका छन । नेपाल सरकारले सन २०२५ सम्म नेपालमा औलो रोग निवारण गर्ने लक्ष लिएको छ । तर दुई वर्षको छोटो अवधिमा यो रोग निर्मुल पार्न भने केहि चुनौति देखिएको छ ।

ताजा समाचार

ताजा समाचार