LIVE FM

जनशक्ति अभावका कारण स्वास्थ्य सामाग्रि प्रयोग विहिन बन्दै ।

  • BFM
  •    
  • May 30, 2023

रेडियो बुढीनन्दा, कोल्टी बाजुरा ।
बाजुराको बुढीनन्दा नगरपालिका वडा नं एकमा रहेको बाधुँ स्वास्थ्य चौकिमा रहेको प्रसुति सामाग्रि प्रयोग विहिन बन्दै गएको छ । आईएन एफ नेपाल बाजुराको समावेशि विकाश तथा जीविकोपार्जन परीयोजना (आईडिईएल) द्धारा वर्थिङ्ग सेन्टरका लागि सहयोग भएको स्वास्थ्य सामाग्रि प्रयोग विहिन बन्दै गएको हो । आईएन एफ नेपाल बाजुराका कर्मचारी, जनप्रतिनिधि र पत्रकार लगायतको टोलीले शोमवार संयुक्त अनुगमन गर्दा स्वास्थ्य सामाग्रि प्रयोग विहिन अवस्थामा भेट्टाएको हो ।


वर्थिङ्ग सेन्टरका लागि संस्थाद्धारा अघिल्लो वर्ष प्रदान भएको डेलिभरी बेड, बेबी डेसिभिङ्ग टेवल, एएनसी बेड, लगायत प्रसुतिका लागि आवश्यक पर्ने सामाग्रि सञ्चालनमा आउन नसकि प्रयोग विहिन बनेको स्वास्थ्य चौकि ईन्चार्ज लक्ष्मी बुमीले बताउनुभयो । स्वास्थ्य चौकिमा दक्ष जनशक्ति अभावका कारण सामाग्रि प्रयोग गर्न नसकिएको उहाँले बताउनुभएको छ ।
स्वास्थ्य चौकिमा अन्य कर्मचारी भए पनि सिएसका लागि तालिम प्राप्त कर्मचारी नहुदा सामाग्रि जडान गरी सञ्चालनमा ल्याउन समस्या भएको उहाँले बताउनुभयो । संस्थाबाट सामाग्रि उपलब्ध भए पनि जनशक्ति अभावका कारण सामाग्रि जडान गरी प्रयोगमा ल्याउन नसक्दा उपचारका लागि स्वास्थ्य पुगेका प्रसुतिलाई रिफर गर्ने गरीएको उहाँको भनाई छ ।


स्वास्थ्य संस्थामा प्रसुतिका लागि आउने आमाहरुको सहजताका लागि संस्थाबाट सामाग्रि सहयोग भएको वर्ष दिन विते पनि सञ्चालनमा नआउनु दुखद भएको आईएन एफ नेपाल बाजुराका टिम लिडर जयलाल विकले बताउनुभयो । उहाँले संस्थाबाट वितरण भएका लाखौं मुल्य वरावरका सामाग्रि प्रयोगमा आउन नसकि खिया लाग्ने अवस्थामा पुगेको बताउनुभएको छ । स्वास्थ्यका लागि सामाग्रि सहयोग भए पनि नगरपालिकाले प्रसुतिका लागि दक्ष कर्मचारी पठाउन नसक्दा सामाग्रि प्रयोगमा आउन नसकेको उहाँको गुनासो छ ।
यता बुढीनन्दा नगरपालिकाका स्वास्थ्य संयोजक ओमजङ्ग शाहीले स्वास्थ्य संस्थामा सामाग्रि प्रयाप्त मात्रामा नभएको र अर्काे एकै वडामा दुई दुई वटा वर्थिङ्ग सेन्टर हुदा बाधुँ स्वास्थ्य चौकिलाई प्राथमिकता दिन नसकिएको बताउनुभयो । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र नजिकै भएका कारण सिएस गर्नु पर्ने केस सिधै कोल्टीमा आउने हुदा बाधँु स्वास्थ्य चौकिमा कर्मचारी राखेर सेवा सञ्चालन गर्न त्यति आवश्यक नदेखिएको उहाँले बताउनुभयो ।


वर्थिङ्ग सेन्टरमा महिनामा कम्तिमा पनि पाचँ, ६ जनाको सिएस गर्नु पर्ने भए पनि गत वर्ष वर्षभरी ६ जनाको मात्रै सिएस भएको उहाँले बताउनुभयो । सिएस गर्नु पर्ने केस न्युन मात्रामा हुदा कर्मचारीको ब्यवस्थापन नभएको उहाँले बताउनुभयो । अघिल्लो वर्ष सिएसका लागि स्वास्थ्यकर्मी भए पनि यो वर्ष त्यति आवश्यक नदेखिएकाले स्वास्थ्यकर्मीको ब्यवस्थापन गर्न नसकिएको उहाँले बताउनुभयो । सिएस केशहरु न्युन मात्रामा हुने गरेका स्वास्थ्य संस्थालाई मर्ज गर्ने वारेमा पनि छलफल भईरहेको उहाँको भनाई छ ।


सामान थन्कीएको वर्ष दिन विति सक्दा पनि कर्मचारी माग नगर्नु स्वास्थ्य ब्यवस्थापन समिति लगायत वडाका जनप्रतिनिधि र स्थानिको कमजोरी भएको नगरपालिकाका प्रवक्ता जंगवीर रोकायाले बताउनुभयो । उहाँले यस विषयमा आफुले अहिले सम्म कुनै जानकारी नपाएको बताउदै आवश्यक परे तत्काल नगरपालिकाबाट एसपिय तालिम प्राप्त कर्मचारीको ब्यवस्थापन गरीने बताउनुभयो । उहाँले यस विषयमा थप छलफल गरीने समेत बताउनुभयो ।

ताजा समाचार

ताजा समाचार