LIVE FM

बियरको मूल्य बोत्तलमै १० रुपैयाँले वृद्धि, रक्सी र चुरोट खैनीको भाउ पनि बढ्ने

  • BFM
  •    
  • May 30, 2023

काठमाण्डौ – आउँदो आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाका कारण रक्सी, बियर, चुरोट, खैनीलगायतका वस्तुको भाउ बढेको छ । यी वस्तुमा बढेको भाउ भोलि मङ्गलवारदेखि नै लागू हुनेछ ।

आउँदो आर्थिक वर्ष २०८०र८१ का लागि आज सोमवार संसदमा प्रस्तुत भएको बजेटअनुसार अन्तःशुल्क बढ्दा समग्र मूल्य बढ्ने भएको हो ।

अहिले बियरमा प्रतिलिटर दुई सय २८ रुपैयाँ अन्तःशुल्क लाग्छ । यसलाई बढाएर दुई सय ३५ रुपैयाँ पुर्‍याएकाले लिटरमा सात रुपैयाँ बढ्नेछ । बढेको सात रुपैयाँमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर ९भ्याट० पनि लाग्छ । यसले गर्दा बियरको मूल्य छ सय ५० मिलिलिटरको बोतलमा १० रुपैयाँ बढ्ने छ ।

ताजा समाचार