LIVE FM

पुनर्स्थापनाको पन्ध्र वर्ष वितिसक्दा पनि हलियाका समस्या जस्ताका तेस्तै

  • BFM
  •    
  • April 28, 2023


महेश कार्की ,कोल्टी – बाजुरा

बाजुरा : बुढिन्नदा नगरपालिका–१ पिपलडालीका वर्श ६८ का विरे सार्की अहिले पनि वर्ष भरी साहुको हलो जोत्छन्। हलो जोते वाफत उनले अहिले पनि खलो लिईरहेका छ्न । उनले वर्ष भरी साहुको हलो जोते वाफत साहुले खलो सङ्गै एक पाथी जग्गा कमाई खानको लागि दिएका छ्न । उनको घरमा दुई छोरा एक छोरी र दुई आफू गरेर पाँच जना परिवार छ्न । साहुको हलो जोतेर दिएको अन्नले अझै पनि उनको घर परिवारलाई वर्षभरी खानै पुग्दैन।

उनका जेठा छोरा १९ बर्ष कमल सार्की खुट्टाको अपांग संगै बोल्न सक्दैन। अर्का माईलो छोरा भेगराज बाधु माध्यमिक विद्यालयमा कक्षा ८ पढ्थे तर घरको आर्थिक अवस्था कमजोरी भएका कारण उनले पढाई खर्च जुटाउन सकेनन् । १४ वर्षका भेगराज तेस पछि उनी कमाउन भनेर भारतको राजधानी दिल्लीको एक होटलमा भाडा माझ्ने काम गरि रहेका । उनी भारत गएको ७ महिना भन्दा बढी भयो उनले उता कमाएर ८ हजार घरमा पठाएको उनका वुवा ले बताए ।
तेहि पिपलडाली बर्स्ने अर्का मनविर ल्वार को पीडा पनि वीरेकै जस्तो छ । उनलाई पनि साहुको हलो नजोती घरमा चुलो बल्दैन ।जग्गा जमिनका नाममा मनविरको घर लगाएको ठाँउ बाहेक अरु छैन। यही कारण पनि आफू साहुको हलो जोत्नु बाध्य भएको उनी बताउँछन्। ‘हलिया बस्नु साहुको वाध्यता होइन मेरै वाध्यता हो’घरमा चुलो बाल्न पनि मुस्किल हुने भएका ले हलिया बस्नु परेको उनको भनाइ छ।

घर परिवार चलाउन साहुको काम सकेपछि नजिकै रहेको स्थानीय कोल्टि बजारमा गएर ज्याला मजदुरी पनि गर्छन्। उनको परिवारको दैनिकी यही मजदुरीबाट चल्छ। उनकी श्रीमति अमृता सार्की ५५ बर्षकि भैइन उनी पनि श्रीमन संगै साहुको घरमा काम गर्छ्न । आफ्नो कमाई खान जग्गा छैन अरुको नै काम गरेर घर परिवार पाल्नु पर्ने समस्य रहेको उनको गुनासो छ ।

सरकारले मुलुकलाई हलियामुक्त घोषणा गरेको १५ वर्ष बितिसकेको छ। तर पनि हलियाका अवस्थामा र जीवन स्तरमा परिवर्तन भने आउन सकेको छैन । हलिया पुनर्स्थापना भए पछि पनि देशमा कैयौं पटक सरकार परिवर्तन भय , तेनै हलियाको मत लिएर सयौंको संख्यामा मन्त्री र माननीय बने तर हलियाका दुख पिडामा कहिले मलम नलागेको मनविरेको भनाई छ ।पिपलडाली गाउँमा ३२ दलित परिवारको बसोवास छ। गाउँका सबैजसो मानिस हलिया बसेका छन्।

आफूहरुलाई सरकारले पुर्नस्थापना नगर्दा हलिया बस्न वाध्य भएको जिल्ला हलिया मुक्ति समाज बाजुराका उपाध्यक्ष हिक्मत ओड बताउँछन्। ‘खान लाउन पुग्दैन, अनि वाध्य भएर साहुको हलिया बस्न छौं’, उनले भने।

बाजुरा जिल्लामा रहेका १ हजार ७०० भन्दा बढी हलियाको अवस्था यस्तै छ। उनीहरु पछिल्लो समय साहु प्रति कुनै गुनासो गर्दैनन्। गुनासो गरे साहुले आफूबाट लिएको ऋण पनि माग्ने र हलिया समेत छुटाईदिने डर उनीहरुको मनमा छ।

जिल्लाका बुढिनन्दा नगरपालिका, हिमाली, जगन्नाथ र स्वामिकार्तिक खापर गाँउपालिकामा अझै पनि हलिया प्रथा कायमै रहेको जिल्ला हलिया मुक्ति समाज बाजुराका सल्लाहकार समिति संयोजक जयलाल बिक अबताउँछन।
नेपाल सरकारले २०६५ साल भदौ २१ गते मुक्त हलिया घोषणा गरेको थियो। नेपाल सरकारको तर्फबाट तत्कालिन शान्ति तथा पुन निर्माण मन्त्री जर्नादन शर्मा र राष्ट्रिय हलिया मुक्ति समाजबीच ५ बुँदे सम्झौता भएपछि मुक्त हलिया घोषणा गरिएको थियो।
बाजुरामा अहिलेपछि १७ सय भन्दा बढी हलिया रहेका जिल्ला हलिया समाज बाजुराले जनाएको छ। सरकारको तथ्याङ्कमा भने १६ सय ३४ जना देखिएका छन्। तर, प्रमाणिकरण भने १३ सय ११ मात्र रहेको जिल्ला हलिया मुक्ति समाज बाजुराका अध्यक्ष लालविर सार्कीले बताउनु भयो ।

ताजा समाचार