रेडियाे बुढीनन्दा बाजुरा
हुम्लाकाे अदानचुली गाउँपालीकाले सुत्केरी भत्ता दिन थालेकाे छ । अदानचुली गाउँपालीका भित्रका महिलाहरू स्वास्थ्य सस्थामै नियमित चेक जाँच गराई प्रसुतिगृहमा गई सुत्केरी गराए बाफत पाउने भत्ता वितरण हुन थालेकाे छ । सुत्केरी भत्ता वितरण नगरेरै फ्रिज फाल्ने विगतकाे परिपाटीलाई अन्त्य गर्न अदानचुली गाउँपालीले सुत्केरी मामालाई गाउँपालीले तत्काल भत्ता दिने निर्णय गरे पश्चार पहिलाे पटक गाउँपालीकाका निमित्त प्रमुख प्रसाशकिय अधिकृत मेगनाथ शाहीले सुत्केरी आमालाई हातमै सुत्केरी भत्ता दिनुभएकाे छ । सुत्केरी भत्ता पाउनेमा अदानचुली गाउँपालीकाकी आसा बुढा र बसन्ति फडेरा रहेकी छन । उनिहरूले हातमै भत्ता पाएपछि खुसि भएककी छन ।
सुत्केरी भत्ता बाफत जनहि ४८ सय रूपैया पाएकाे श्रीनगर स्वास्थ्य चाैकीका अनमी सुस्मिता फडेराले जानकारी दिनुभएकाे छ । प्रसुति भएकी आमालाई सुत्केरी बाफतकाे भत्ता दिने प्रवधान भएपनि विगतका दिनहरूमा भत्ता वितरण नगरेरै फ्रिज हाल्ने काम गरेका थियाे ।
अबका दिनहरूमा विगतका जस्ताे प्रवृति नदाेर्याउने गरि काम रप्तारमा अधि बडेकाे बताउनुहुन्छ निमित्त प्रमुख प्रसासकिय अधिकृत मेगजाथ शाही उहाँले भन्नू अब अदानचुली गाउँपालीकाले कुनै पनि बजेट फ्रिज नजाने गरि काम गर्ने र काम नगरेरै बजेट कुम्याउने प्रवृतिकाे अन्त्य गर्ने समेत प्रतिबद्धता ब्यक्त गर्नु भएकाे छ ।