LIVE FM

कोल्टी प्राथामीक स्वास्थ्य केन्द्रमा जटिल खालको अप्रेशन सफल

  • BFM
  •    
  • April 26, 2023

महेश कार्की
केल्टी ,बाजुरा

बाजुराको कोल्टी प्राथामीक स्वास्थ्य केन्द्रमा जटिल खालको अप्रेशन सफल भएको छ । स्वामिकार्तीक खापर गाउँपालिका वडा नं दुई कि ३१ बर्षीया नानि बुढा लाई ११ गते राति सुत्केरी ब्यथा लागेको थियो । उनको बच्चाको हात अगाडि नै बाहिर आएका कारण उनलाई झन समस्या अएको र उनलाई उपचारका लागि भोलिपल्ट बिहान ७ बजे कोल्टी प्राथामिक स्वास्थकेन्द्रमा पुगाईएको थियो ।

कोल्टी स्वास्थ्य केन्द्र पुग्दा सम्म उनको स्वास्थ्यमा निकै समस्या अाएको उनका आफन्तले बताएका छन । प्राथामिक स्वास्थ्य केन्द्र कोल्टीका स्त्री रोग विशेसज्ञय डा.शोनम गुरुङ्गका अनुसार समयमा अप्रेशन नभए यस्तो अवस्थामा आमा र बच्चाको ज्यान जान सक्ने सम्भबना बढि हुने गरेको उहाले बताउनु भयो । सामन्य तया सुत्केरी हुदा बच्चाको टाउकोको भाग पहिला निस्कीनू पर्ने हुन्छ तर बच्चाको हात पहिला निस्केको ( हेन्ड प्रोल्याप्स) भएका कारण आकास्मीक अप्रप्ेशन नै गर्नुपर्ने भएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डा. डा.रन्जीत शाहले बतउनु भएको छ ।

कोल्टी प्राथमीक स्वास्थ्यमा कार्यरत स्त्री रोग विशेसज्ञय डा. शोनम गुरुङ्ग , डा.रन्जीत शाह, डा.प्रतिक न्यौपाने,डा. चेत बहादुर धामी एनेसथेसिया असीस्टेन्ट लालबाबु यादब, ओटी र्नश लक्ष्मी गुरुङ्ग, अनमी दिब्या पाण्डे लगायतको टिम अप्रेशनमा सहभागि रहेको थिए । अहिले आमा र बच्चाको अबस्था सामान्य रहेको कोल्टी प्राथमीक स्वास्थ्यमा कार्यरत डा. चेत बहादुर धामी बताउनु भएको छ । स्त्री रोग विशेसज्ञय डा. ग्ुरुङ्गका अनुसार कोल्टी प्राथमीक स्वास्थ्य केन्द्रमा अहिले सम्म यस्तौ खाले १३ वटा अप्रेसन सफल भैसकेका छन ।

ताजा समाचार