LIVE FM

बढीमालिका-कोल्टी विद्युत वितरण लाईनको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

  • BFM
  •    
  • April 26, 2023

महेश कार्की
कोल्टी

नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय दरबारमार्ग काठमाडौको वितरण प्रणाली स्तरोन्नति तथा बिस्तार आयोजना अन्तर्गतका उप- आयोजनाहरुको वातावरणीय तथा सामाजिक योजनाको मस्यौदा प्रतिबेदन सम्बन्धि सार्वजनिक सुनुवाइ कार्यक्रम आज कोल्टीमा सम्पन्न भएको छ ।
युरोपियन इन्भेस्टमेन्ट बैकको ऋण सहयोगमा नेपालको सुदुरपश्चिम र लुम्बिनी प्रदेशका ८ वटा जिल्लाका १३ स्थान हरुमा ३३/११ के.भी क्षमताका नयाँ सव-स्टेसन तथा सो क्षेत्र वरपरका वस्ती हरुमा ३३ र ११ के.भी भोल्टेज लेभलका विद्युत वितरण लाईन निर्माण गरि विद्युतको पहुँच नपुगेका स्थान हरुमा

विद्युतिकरण गर्ने तथा विद्युत पुगेका स्थानहरुमा भोल्टेज स्तर सुधार गर्ने उदेश्यले नेपाल सरकार ,नेपाल विद्युत प्रधिकरण अन्तर्गत वितरण प्रणाली स्तरोन्नति तथा विस्तारित आयोजनाको संचालन गर्न लागेको हो ।

३३ के . भि क्षमता रहेको विद्युत लाईन रहेको बढिमालिका- कोल्टी विद्युत वितरण लाईन उपा आयोजना अन्तर्गतको उप आयोजनाको सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो । बुढिनन्दा नगरपालिका वडा नम्बर एकमा रहेको मस्टामाण्डु मा बन्न लागेको आयोजनाले बुढीनन्दा नगर पालिका ,जगन्नाथ गाउँपालिका ,स्वामिकार्तिक गाउँ पालिका र हिमाली गाउँपालिकामा वितरण हुने र्राष्ट्रिय प्रशारणलाईनको सप- स्टेसन करिव दुई वर्ष भित्र निर्माण कार्य सम्पन्न हुने उदेश्य रहेको नेपाल विद्युत प्राधिकरण वितरण प्रणाली स्तरोन्नति तथा बिस्तार आयोजना प्रशासन प्रमुख मैताहाङ्ग लिम्बु ले बताउनु भएको छ ।

एनइए,इन्जिनियरिङ्ग कम्पनी लिमिटेड ट्रेड टावर थापाथलीको परामर्शमा तयार पारिएको वातावरण तथाअ सामाजिक ब्यवस्थापन योजनाको मस्यौदा प्रतिवेदनको सार्वजनिक सुनुवाइ गरिएको हो ।
बुढीनन्दा नगरपालिकाका कार्यवाहक मेयर नन्दा बहादुर रोकायको अध्यक्ष्ातामा सम्पन भएको सार्वजनिक सुनुवाइ कार्यक्रमकामा वडा अध्यक्ष ,कार्यपालिका सदस्य ,नगरपालिकाकाका विभित्र शाखा प्रमुख लगायत स्थानीय उपभोक्ता लगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार

ताजा समाचार