सिआइएन
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को कार्यसमिति बैठक स्थगित भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कार्यसमितिको बैठक एजेन्डामा प्रवेश नगरी अनिश्चितकालका लागि स्थगित भएको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले बैठक स्थगित भएको घोषणा गर्दै बैठक कक्षबाट बाहिरिएपछि स्थगित गरिएको सदस्य जानकारी गराउनुभयो । अध्यक्ष बाहिरिएपछि बैठकमा गणेश थापा प्यानलका सदस्यहरूले अन्तर्राष्ट्रिय विभाग प्रमुखबाट नविन पाण्डेलाई हटाउन माग गर्दै निवेदन दिएका थिए । एन्फाले कार्यसमिति बैठकका लागि १८ एजेन्डा तय गरिएको थियो । एन्फामा नयाँ नेतृत्व आएपछि सूचना र एजेन्डासहित पहिलो पटक बैठक बसेको थियो ।