LIVE FM

महिला साफ च्याम्पियनसिपमा साविक विजेता भारत सहभागी हुन नपाउने ।।

  • BFM
  •    
  • August 16, 2022

सिआईन, काठमाण्डौं
आगामी महिना नेपालमा हुने महिला साफ च्याम्पियनसिपमा साविक विजेता भारत सहभागी हुन नपाउने भएको छ । अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाले भारतलाई निलम्बन गरेसँगै भारतीय टिमले महिला साफ च्याम्पियनसिपमा भाग लिन नपाउने भएको हो । भदौ २१ देखि असोज ३ सम्म दशरथ रंगशालामा हुने प्रतियोगितामा अब ६ टिमले मात्र भाग लिनेभएका छन् ।

नेपालमा दोस्रो पटक महिला साफ च्याम्पियनसिप प्रतियोगिता हुन लागेको हो । यसअघि सन् २०१९ मा विराटनगरमा महिला साफ भएको थियो । प्रतियोगितामा समूह ’बी’ मा नेपालसँगै भुटान र श्रीलंका छन् भने समूह ’ए’ मा पाकिस्तान, माल्दिभ्स र बंगलादेश रहेका छन् । यो समूहमा भारत पनि रहेको थियो । अहिलेसम्म सम्पन्न भएका पाँच संस्करणकै उपाधि भारतले जितेको थियो । नेपाल भने चार पटक फाइनल पुगेर पराजित भएको छ। चारै पटक नेपाल भारतसँग पराजित भएको थियो ।

ताजा समाचार

ताजा समाचार