चीनले अनुदानमा दिएको ८ लाख डोज खोप मंगलबार दिउँसो काठमाडौं आइपुग्ने

Radio Budhinanda FM -   BFM || २०७८ जेठ १८ मङ्गलबार

चीन सरकारले अनुदानमा दिएको कोरोनाभाइरस विरूद्धको खोप ल्याउन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाने भएको छ। 

invotech

सोमबार राति ११ बजे काठमाडौंबाट एयरबस ए ३३० जहाज बेइजिङ जाने कार्यतालिका छ। 

एयरलाइन्सका अपरेशन डाइरेक्टर दिपु जुहार्चनका अनुसार जहाजबाट आठ लाख डोज खोप ल्याइने छ।

यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज खोप अनुदान दिने घोषणा गरेका थिए। त्योमध्ये  बेइजिङबाट ८ लाख डोज ल्याउने जिम्मेवारी आफूहरूलाई दिइएको जुहार्चनले जानकारी दिए। 

खोप ल्याएर जहाज मंगलबार दिउँसो २ बजे काठमाडौं आइपुग्ने छ। 

ncell in



पछिल्लो समय नेपाल एयरलाइन्सले मेडिकल कार्गो उडान निमयति रूपमा गर्दै आएको छ। 

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल