धनगढीमा वायु प्रदूषण अहिलेसम्मकै उच्च

Radio Budhinanda FM -   BFM || २०७७ चैत १९ बिहिबार

धनगढी: धनगढीमा वायु प्रदूषण अहिलेसम्मकै उच्च देखिएको छ।

बिहीबार बिहान वातावरण विभागको तथ्यांक अनुसार धनगढीको वायु प्रदूषण सूचकांक (एक्यूआई) ४४२ पुगेको देखिएको हो।

यसरी हेर्दा वायु प्रदूषण घातक तहमा पुगेको देखिएको छ। तर अहिले भने वायु प्रदूषणमा केही सुधार भई सूचकांक (एक्यूआई) घटेर २०० नजिक पुगेको छ ।

घरघरमा प्लाष्टिक जलाउने गरिएको धनगढीको नगर क्षेत्र तथा वरपरका क्षेत्रका साथै पहाडका जङ्गलमा लागेको डढेलोको धुवाँका साथै भारतका दिल्ली, लखनऊ जस्ता ठूला सहरको दूषित वायु पनि हावासंगै आइपुग्ने गरेको जानकारहरु बताउँछन् । 

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल