सुदूरपश्चिममा देखिएको कोरोनाको प्रकार पत्ता लगाउन ढिलाई

Radio Budhinanda FM -   BFM || २०७७ चैत १८ बुधबार

धनगढीः सुदूरपश्चिम प्रदेशमा झण्डै २ महिना शून्यमा झरेको कोरोना भाइरसको संक्रमण फैलिन थालेको छ। 

मंगलबार कञ्चनपुरको महाकाली अस्पताल र डोटी जिल्ला अस्पतालमा गरिएको परीक्षणमा थप ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

निर्देशनालयकाअनुसार उनीहरु सबै भारतबाट फर्किएका व्यक्ति हुन्। भारतमा दोस्रो लहरको संक्रमण तीव्र बनेका बेला सुदूरपश्चिममा पनि भारतबाट फर्किनेमा धमाधम कोरोना देखिन थालेको हो। 

पछिल्लो एक हप्तामा मात्र सुदूरपश्चिममा ५२ जनामा कोरोना पुष्टि भएको उनीहरु सबै भारतबाटै फर्किएको बताइन्छ। भारतमा विभिन्न प्रकारका कोरोना देखिएका बेला सुदूरपश्चिममा देखिएको संक्रमण पत्ता लगाउन भने ढिलाई गरिएको छ।  

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्की अहिले देखिएको कोरोना कस्तो प्रकारको हो ? भन्ने बारेमा परीक्षण गर्न जनस्वास्थ्य प्रयोगशालालाई जिम्मेवारी दिइएकाले व्यवस्थापनको काम उसैले गरिरहेको बताउँछन्। 

जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख रामप्रसाद ओझाले कोरोनाको प्रकार पत्ता लगाउन कैलाली र कञ्चनपुरमा हालै कोरोना पुष्टि भएका मानिसको नमूना संकलन गरेर परीक्षणका लागि काठमाडौँ पठाइने बताए।

उनले १÷२ दिनभित्र भाइरसको प्रजाती पत्ता लगाउन नमूना पठाइने बताउँदै सम्भवः काठमाडौँमै हुने परीक्षणले उक्त कुरा थाहा हुने जानकारी दिए।

अहिले सुदूरपश्चिममा भारतबाट फर्किनेहरुलाई मात्र संक्रमण देखिरहेकाले दोस्रो लहरको संक्रमण फैलिएको अनुमान गरिन थालिएको छ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल