सांसद रेग्मी द्वारा कैलाश सिचाई आयोजनाको शिलान्यास

Radio Budhinanda FM -   BFM || २०७७ फाल्गुण २० बिहिबार

जीवन कैला

सुदुरपश्चिम प्रदेश सांसद वल्देव रेग्मीले कैलाश सिचाई आयोजनाको शिलान्यास गर्नुभएको छ । आज एक कार्यक्रमका विच सांसद रेग्मीले सो सिचाई आयोजनाको शिलान्यास गर्नुभएको हो । सदुरपश्चिम प्रदेश सरकारको १० करोड लागतमा निमार्ण सम्पन्न हुने कैलाश सिचाई आयोजनाको सांसद रेग्मीले चाडै काम सम्पन्न हुने आस्वासन दिदै शिलान्यास गर्नुभएको सांसद प्रतिनिधि सतल विकले जानकारी दिनुभएको छ ।

सदुरपश्चिम प्रदेश सरकारको ठुलाे आयोजना अन्र्तगत रहेको सो सिचाई आयोजना प्रदेशकै ठुलो आयोजनाको रुपमा रहेको बताईएको छ । बुढीनन्दा नगरपालिका वडा नं एक, दुई, र तिनका स्थानिय प्रत्यक्ष लाभान्दीत हुने र सहजैरुपमा सिचाई सुविधा पाउने गरी कैलास आयोजनाको हिलान्यास भएको हदा स्थानिय पनि खुशि भएका छन । सिचाई अभावका कारण वेला वेला दुख भोग्दै र खेतियोग्य जमिन वाजै राख्नु पर्ने अवस्थामा सदुरपश्चिम प्रदेश सरकारले सिचाई आयोजना निमार्णको कामलाई प्राथमिकता दिएको प्रति स्थानियले खुशि ब्यक्त गरेका हुन । सिचाई आयोजनाको शिलान्यास कार्यक्रमका लागि वडा नं तिनमा पुग्नुभएका सांसद रेग्मीलाई स्थानियले जनताका समस्या वुझिदिन आग्रह गर्दै दुईवटा माग समेत राखेका छन । वडा नं तिनको नाटेलि देखि चोलु डाग्रेवाडा सम्मको सडक निमार्ण र भीरगाउँ जातँखोला वाटो निमार्णका लागि वजेट ब्यवस्थापन गरीदिन स्थानियले आग्रह गरेका हुन । स्थानियको मागलाई सम्वोधन गर्दै सासंद रेग्मीले प्रदेश सरकारबाट वजेट ब्यवस्थापन गरी चाडै नागरीकका समस्या र माग सामाधन हुने आस्वासन दिनुभएको छ । आफु पहिले देखि नै जनताको सुख दुखमा रहेको बताउदै सांसद रेग्मीले आफ्नो कार्यकालमै स्थानियका समस्या समाधानका लागि कटिवद्ध भएर लाग्ने बताउनुभएको सांसद प्रतिनिधि विकले जानकारी दिनुभएको छ । संसद विघटनको विषयलाई लिएर उथल पथल वन्दै नेकपा विभाजनको संघारमा पुगेको अवस्थामा भने सांसद रेग्मीले नेकपाका सम्पुर्ण पार्टी प्रतिनिधि, नेता तथा कार्यक्रता संगै सकरात्मक सन्देश प्रवाहाका लागि जनताको घरदैलोमा पुग्नुभएको बताईएको छ । आज बुढीनन्दा नगरपालिका वडा नं तिनका वडाअध्यक्ष रामबहादुर वोहराको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि सदुरपश्चिम प्रदेश सांसद वल्देव रेग्मी रहनुभएको थियो । नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत गंगा गिरीले सञ्चालन गर्नुभएको कार्यक्रममा जलसा्रेत तथा सिचाई विकाश सव डिभिजन कार्यालय प्रमुख नरेश शर्मा, वडा नं चारका वडाअध्यक्ष राजन कुमार रोकाया, वडा नं पाचका अध्यक्ष कृष्णराज पाध्याय, वडा नं छका अध्यक्ष दलबहादुर भाट, वडा नंका अध्यक्ष खडक वोहरा, वडम नं दशका वडाअध्यक्ष सतविर वोहरा, रेडियो बुढीनन्दाका प्रवन्ध निर्देशक अनिल शाही, साईड इन्चार्ज कमलेस चन्द जिल्ला समन्वय प्रतिनिधि गाैरी कान्त संज्याल लगायतको सहभागिता रहको थियो । सदुरपश्चिम प्रदेश सांसद रेग्मी, स्थानिय जनप्रतिनिधि, पत्रकार लगायतको टोलिले निमार्णधिन स्वास्थ्यचांैकि, वडाकार्यालयको भवन लगायतका थुपै्र योजनाको अनुगमन समेत गरेको बताईएको छ । 

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल