नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)वार्ड भेलाले भट्टकाेे अध्यक्षतामा २९ कमिटि गठन ।

Radio Budhinanda FM -   BFM || २०७८ भदौ २५ शुक्रबार

 आशिस माल, बैतडी  ।                           नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) मेलाैली नगरपालिका ९ नम्वर वडाभेलाले हरीदत्त भट्टकाे अध्यक्षतामा २९ सदसिय वार्ड कमिटी गठन गरेकाेछ। केही दिन अघिमात्र निर्वाचन आयोगबाट मान्यता पाएको एकीकृत समाजवादी पार्टीले शुक्रबार मेलौलिनगरपालिका को  ९ मा कमिटी गठन गरेको हो  नेकपा एकीकृत समाजवादीकाे भेलावाट भट्ट काे अध्यक्षतामा २९ सदसिय कमिटि गठन गरेकाे हाे । कमिटिको उपाध्यक्षमा पदमराम लुहार , सचिवमा लक्ष्मी चन्द शर्मा उपसचिवमा जानकी पन्त भट्ट  लगायत २९ सदसिय वार्ड कमिटी चयन भएकाे  नेकपा एकीकृत समाजवादी  जिल्ला कमिटी उपसचिव गाैरी शंकर भट्टले जानकारी दिनुभयो । एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य लक्ष्मण भट्टकाे प्रमुख आथित्यता तथा नेकपा एकीकृत समाजवादी जिल्ला कमिटीका उपसचिव गाैरीशंकर भट्टकाे  विशिष्ट आथित्यतामा  सम्पन्न वार्ड भेलामा जिल्ला कमिटी सदस्य भीम भट्ट,शिवराज भट्ट,नेकपा समाज बादी का  नेताहरूकाे सहभागिता रहेको थियो । नेकपा एकीकृत  समाज बादी ले बैतडी जिल्ला भरिनै अब कमिटी गठन गर्ने नेकपा एकीकृत समाज बादी का उप सचीव गौरीशंकर भट्ट को भनाइ छ । भेलामा विभिन्न पार्टीवाट पार्टी परित्याग गरि मेलाैलिका १२ जनाले एकीकृत समाजवादि प्रवेश गरेका छन

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल