मृत्यु संग लड्दै ललिता, तीन दिन सम्म उद्धार हुन सकेन ।।

Radio Budhinanda FM -   BFM || २०७८ असार ५ शनिवार


रेडियो बुढीनन्दा कोल्टी बाजुरा 

बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रको एक बेडमा गत बुधवार देखि अचेत अवस्थामा छन बुढीनन्दा नगरपालिका वडा नं एक की किशोरी ललिता गिरी । बुधवार अपरान्न भिरबाट लडेर गम्भीर अवस्थामा रहेकी गिरीलाई थप उपचारका लागि नेपालगंज लगायतका सुविधा सम्पन्न ठाउँमा लैजानु पर्ने छ । तर उनी अचेत अवस्थामा रहेको झण्डै ७२ घण्टा पुग्दा सम्म समेत उद्धार हुन नसकेपछि आफन्तलाई चिन्ता थपिएको छ । 

आफन्त ढकराज गिरीले प्रतिकुल मौसममा कारण हेलिकप्टर उड्न नकेकाले उनको उपचारमा समस्या भएको बताए । आज चार दिन पुगि सक्यो । विहिवार नेपाली सेनाको हेलिकप्टर आउने भनिए पनि अहिले सम्म आउन सकेको छैन आफन्त गिरीले बताए । शुक्रवार नेपाली सेनाको हेलिकप्टर मार्तडी सम्म पुगेर फर्किएको बताइएको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले नेपाली सेनाको हेलिकप्टर पोरखे लेक सम्म पुगेर फर्किएको बताए । भिजिवीलिटी नपुगेका कारण कोल्टी आउन नसकेको प्रमुख जिल्ला अधिकारीले पुष्टी गरेका छन । तर नेपाली सेनाले भने घाइते अवस्थामा रहेकी गिरीको उद्धार भन्दा पहिले वडिमालिका दर्शनको कार्यतालिका राखेकाले उद्धारमा ढिलाई भएको बताएका छन । घाइते गिरीका आफन्त ढकराज गिरीले यस्तो जटिल अवस्थामा नेपाली सेना जस्तो जिम्मेवार निकायले उद्धारलाई प्राथमिकता नदिइ वडिमालिका दर्शनलाई प्राथमिकता दिएको भन्दै गुनासो गर्नुभयो । उता नेपाली सेना बाजुराका प्रमुख सुनिल विष्टले भने पहिलो प्राथमिकतामा उद्धार नै राखेको बताएका छन । बडिमालिकामा त नेपाली सेनाको नियमित पुजाका लागि जाने तयारी भै रहेको हो उनले बताए । आज जसरी पनि उद्धार गर्ने तयारीमा रहेको मेजर सुनिल विष्टले बताए । 

७२ घण्टा देखि अचेत अवस्थामा रहेकी गिरीको अहिले सम्म होस आउन सकेको छैन । उनलाई अहिले दुखाईको महशुस भए पनि अरु कुनै कुराको महशुस नभएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा डिकेन्द्र सञ्ज्यालले बताए । अक्सीजन लेभर निकै घटेको छ । अवस्था निकै जटिल रहेकाले समयमै उद्धार हुन नसके थप जटिल हुदै जाने डा सञ्ज्यालले बताए । उनको उद्धारका लागि समयमै पहल भए पनि थप उपचारका लागि हेलिकप्टर कुर्दा कुर्दै आज ३ दिन वितेको  हो । स्थानिय देवी गिरीकी छोरी ललिता हाल चन्दनाथ आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत रहेकी छन । टाउको, घाटी र ढाडमा चोट लागेको र हाल उनको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भै रहेको छ । 


प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल