Radio Budhinanda FM - BFM || २०७७ फाल्गुण १५ शनिवार
बाजुराको बुढिन्नदा नगरपालिका वडा नं १ पिपलडाँलि बस्ने ६० बर्षिय मुक्त हलिया विरे सार्कीको परिवारलाइ सहयोग गरिएको छ । बडिमालिका खबरको समन्वयमा फिल्म निर्माता अमृत ढुुङ्गानाको सहयोगमा मृगौला पिडित शार्कीको परीवारलाई १० हजार वरावरको खाद्यन्न र नगद सहयोग गरीएको हो । शार्की उपचार अभाबमा घरमै जिवनमरणको दोसाधमा रहनुभएको छ भने अर्कोतिर उहाँको परिवारमा चरम खाद्य संकट भएको भएको छ ।
आर्थिक अबस्था निकै कमजोर भएका शार्कीको परिवार अहिले निकै बिचल्लीमा परेको छ । बिहान बेलुका छाक टार्न पनि निकै धौधौ भएको आफन्तले बताएका छन । श्रीमति अमृता सार्की बाथरोगको बिरामी रहनुभएको छ भने एउटा आँखाले देख्न छोडेको छ ।
उहाँका एक छोरा र एक छोरी शारिरिक अशक्क्त रहेका छन् । श्रीमान मृगौलो रोग बाट ग्रस्त भएपछि परिवार बिचच्लीमा परेको अमृता सार्कीले गुनासो गर्नुभएको छ । श्रीमान खेताला लागेर परिवार पाल्ने गरेको बताउदै श्रीमति शार्कीले श्रीमान नै अशक्क्त भएपछि परिवार नै समस्यामा परेको र अरुलाइ मागेर र गाँउलेको सहयोगमा परिवारले छाक टारिरहेको बताउनुभएको छ ।
व्यास्थापक:-
प्रधान सम्पादक:-
सम्पादक:-
सम्पादक:-
रिपोर्टर:-
कानुनी सल्लाहकार:-