केपी ओली सरकार विरुद्ध बाजुराका युवा सडकमा, काेल्टीमाराँके जुलुस ।।

Radio Budhinanda FM -   BFM || २०७८ असार २० आइतबार

जीवन कैला

बाजुराको कोल्टीमा आज केपी ओली सरकार विरुद्ध राके जुलुस सहित युवाहरू सडकमा ओर्लीएका छन ।  अहिले सरकारको नेतृत्व गरिरहेका केपी आलीले सम्वीधानको उलंघन गर्दै अराजक शैलीमा देशमा शासन गरिरहेको भन्दै बाजुरामा युवाहरुले केपीओलीको पुत्ला दहन समेत गरेका हुन ।


विभिन्न राजनैतिक दलका भातृसंघहरुले आज साँझ कोल्टी बजारमा केपीओली सरकारको विरोध गर्दै प्रर्दशन गरेका छन । नेविसंघ, अनेरास्ववियु नेपालखनाल समूह, अनेरास्ववियु क्रान्तीकारी, तरुण दल, युवा संघ वाइसिएल लगायत गठबन्धनका युवा विधार्थि भातृ संगठनहरुले साँझ केपी ओलीको पुत्ला दहन गर्दै विरोध प्रर्दशन गरेका हुन ।


केपी अ‍ोलीले संविधानको उलंघन गर्दै राष्टपतिको आडमा अराजक शैलीमा अघि बढेको युवा विद्यार्थीहरुको आरोप छ । केपी ओली नेतृत्वको सरकारले दुई पटक संसद विघटन गरी निर्वाचनको घोषणा गरेको छ । संसद विघटन सम्वन्धी मुद्धा हाल संवैधानिक इजलासमा बहसको क्रममा रहेको छ ।  


प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल