चुकिरुख वृहत खानेपानी योजनाको काम रप्तार ,असार पहिलाे साता काेल्टी बजारमा पानी पुग्दै ।

Radio Budhinanda FM -   BFM || २०७८ जेठ २२ शनिवार

सरोकारवालको एक टोलीद्धारा चुकिरुख खानेपानी आयोनाको स्थलगत अनुगमन बाजराको बुढीनन्दा नगरपालिका वडा नं दुई कोल्टीमा पुर्याइने चुकिरुख वृहत खानेपानी आयोजनाको आज अनुगमन गरीएको छ । हाल निमार्णधिन अवस्थामा रहेको सो खानेपानी आयोजनाको आज सरोकारवालाको एक टोलीले अनुगमन गरेको हो । बुढिनन्दा नगरपालिका वडा नं ३ बाट वडा नं दुईको कोल्टी बजारका लागि निमार्ण हुन लागेको चुकिरुख खानेपानि आयोजनाको जनप्रतिनिधि, पत्रकार लगायत स्थानियको टोली सम्वन्धित ठाउँमा पुगि अनुगमन गरेको बताइएको छ । बुढिनन्दा नगरपालिकाका नगरप्रमुख पदम कुमार गिरी, वडा नं ३का वडा अध्यक्ष राम बहादुर बोहोरा, रेडियो बुढिनन्दाका प्रवन्धक निर्देशक अनिल शाही लगाएतको टोलिले आज अनुगमन गरेको हो । अनुगमनका क्रममा निमार्ण स्थलमा पुग्नुभएका नगरप्रमुख गिरीले खानेपानी समितिलाई चाँडो काम सम्पन्न गर्न निर्देशन गर्नुभएको छ । खानेपानी अभावमा तड्पीरहेका स्थानियको समस्या सामाधानका लागि समितिलाई तिर्व गतिमा काम सञ्चालन गर्न निर्देशन दिदै उहाँले असार पहिलो साता सम्म कोल्टिमा खानेपानि पुर्याइ सक्नेमा प्रतिबद्धता जनाउनुभएको छ । कोल्टीमा खानेपानी अभाव भईरहेको स्थानियबाट जनगुनासो आइरहेका वेला नगरप्रमुख गिरीले स्थानिय उपभोक्ताले आफ्नै धाराको पानी खान पाउने गरी काम सञ्चालन भएको बताउनुभएको छ । खानेपानी उपभोक्ता समतिका अध्यक्ष दानसिहँ बोहोराले पनि असारको पहिलो सातामै कोल्टिमा पानि पुर्याउने गरि काम भैरहेको जानकारी दिनुभयो । उहाँले खानेपानी मर्मत निमार्णका लागि अहिले दैनिक १ सय ५० बढि कामदारले काम गरीरहेको बताउनुभयो । वडा नं तिनका वडाअध्यक्ष रामबहादुर वोहोराले पनि आज वडा नं तिनको काटेकाना सम्म खोपानीको पाईप लायन पुगिसकेको र भोलि सम्ममा वडा नं तिनको वडा कार्यालय सम्म पुगि सक्ने बताउनुभएको छ । उहाँले पाईप लाईन विछयाएको ठाउँ सम्म पानी समेत पुगिसको बताउनुभएको छ । लामो समय देखि खानेपानिको समस्या झेल्दै आईरहेका कोल्टि बासिहरु भने बृहत खानेपानि आउने आसामा खुसि भएका स्थानिय बिरमान शार्किले बताउनुभयो । चुकिरुख खानेपानी निमार्णका लागि खानेपानि सरसफाई डिभिजन कार्यालय बाजुरा, बुढीनन्दा नगरपालिका र जनश्रमदान गरी २५ लाख लागतमा खोपानी निमार्ण हुने नगरपालिकाले जनाएको छ । वडा नं तिनको चुकि रुख देखि कोल्टि बजार सम्म ८ किलोमिटरमा ७० एमएमको पाईप लायनमा पानि आउने हुँदा कोल्टिमा खानेपानिको समस्या समाधानको आसा पलाएको कोल्टि बजारका ब्यवसायिले बताएका छन ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल