बाजुरामा हेल्थ डेस्क स्थापना गर्ने निर्णय कार्यन्वयन नभएको प्रति नेकपा एमाले आपत्ति ।।

Radio Budhinanda FM -   BFM || २०७८ ब‌ैशाख १८ शनिवार

जीवन कैला

नेपाल कम्युुनिष्ट पार्टी एकिकृत माक्सवाद लेलिनवाद जिल्ला कमिटी बाजुराले हेल्थ डेस्क सञ्चालनमा ल्याउने निर्णय कार्यन्वयन नभएको प्रति आपत्ति जनाएको छ । विपत ब्यवस्थापन समितिको वैठकले बाजुरा जिल्लाका विभिन्न स्थानमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरेता पनि त्यो कार्यन्वयन नभएको प्रति आपत्ति जनाएको हो ।

कोरोना माहमारीको संक्रमण रोकथाम तथा नियन्त्रणमा सघाउ पुर्याउनका लागि विपत ब्यवस्थापन समिति बाजुराले हेल्थ डेस्क स्थापना गर्ने गरेको निर्णय तत्काल कार्यन्वयनमा आउनुपर्ने विज्ञेप्ती मार्फत जनाईएको छ । कोरोना भाईरसले विश्व नै त्रसित भईरहेको र नागरीकको जीवन पनि तहस नहस वनाईरहेको अवस्थामा बाजुरामा भने कोरोना नियन्त्रणका लागि भएको ढिला सुस्ति कदाचित राम्रो नभएको बताईएको छ । बाजुरामा कोरोना संक्रमितको संख्या वृद्धि भईरहेकाले विलम्व नगरी तत्काल सञ्चालन गर्न र जटिल परीस्थतिमा जिल्ला र स्थानिय तहमा आईसोलेसन र क्वारेन्टीनको ब्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय बाजुरा तथा स्थानिय तहको यथासिर्घ ध्यान जान जरुरी  छ जिज्ञेप्तीमा भनिएको छ ।

महामारीको जटिल अवस्थामा संक्रमण रोकथाका लागि जनस्वास्थयका मापदण्ड पालना गरी, मास्क लगाउने, भौतिक दुरी कायम गर्ने र वेला वेला सावुन पानीले हात धुने उपाय उत्तम हुने नेपाल कम्युुनिष्ट पार्टी एकिकृत माक्सवाद लेलिनवाद जिल्ला कमिटी अध्यक्ष गगन रावल र सचिव पुर्ण वहादुर रावतले हस्ताक्षर गर्नुभएको अपलिमा भनिएको छ ।

नेकपा एमाले जिल्ला कमिटी बाजुराले कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारका लागि खटिने स्वास्थयकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य कर्मचारीलाई आवश्यक स्वास्थय सुरक्षाका सामाग्रि कायमै उपलब्ध गराउन र जोखिम भत्ताको ब्यवस्थापन गर्न तिनै तहका सरकारसंग जोडदार माग गर्दछांै अध्यक्ष रावल र सचिव रावतद्धारा हस्ताक्षेरीत अपलिमा उल्लेख गरीएको छ । 

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल