भीरबाट लडेर गम्भिर घाईते गिरीको पाँच दिन पछि उद्धार

Radio Budhinanda FM -   BFM || २०७८ असार ६ आइतबार

सर्मिला राेकाया

भीरबाट लडेर गम्भीर घाइते भएकी बाजुराको बुढीनन्दा नगरपालिका वडा नं एक की किशोरी ललिता गिरीलाई पाँच दिन पछि आज काठमाण्डौ लगिएको छ । बुधवार अपरान्न भिरबाट लडेर गम्भीर अवस्थामा रहेकी गिरीलाई थप उपचारका लागि काठमाण्डौ लिने तयारी गर्दा गर्दै प्रतिकुल मौसमका कारण उद्धारमा ढिलाई भई आज विहान मात्र मनाङ यएयरको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

सुदुरपश्चिम प्रदेश सरकारको सहयोग तथा आन्तरीक मामिला तथा कानुन मन्त्री पूर्णाकुमारी जोशी, आर्थिक मामिला तथा योजना  मन्त्री प्रकाश बहादुर शाह प्रदेश सांसद बल्देब रेग्मी लगाएतको पहल तथा समन्वयमा उनको आज विहान मनाङग एयरको हेलिकप्टर मार्फत थप उपचारका लागि काठमाण्डौं ट्रमा सेन्टरमा लगिएको आफन्त ढक्क गिरीले जानकारी दिनुभएको छ ।

प्रतिकुल मौसमका कारण कोल्टी पुगेको हेलिकप्टर हिजो उड्न नसकेकाले आज विहान मात्र उडेको छ । यस अघि उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर कोल्टी आउने भनिए पनि मार्तडी सम्म पुगेर फर्किएको थियो ।  


प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल