बुढीनन्दा नगरपालिकामा ३३ जनामा कोरोना संक्रमण देखिया

Radio Budhinanda FM -   BFM || २०७८ जेठ २७ बिहिबार

जीवन कैला

बाजुराको बुढिनन्दा नगरपालिकामा हिजो ३३ जनामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको छ । नगरपालिकाका विभिन्न वडाहरुमा गरीएको परीक्षणमा ३३ जनामा संक्रमणको पुष्टि भएको हो । कोरोना भाईरसको आसंकामा स्थानियको स्वास्थ्य परीक्षणमा गएको स्वास्थ्यकर्मीको टोलीले हिजो नगरपालिकाका छ वटा वडामा परीक्षण गर्दा केहि स्थानियमा संक्रमण देखिएको नगरपालिकाले जनाएको छ ।

७४ जनाको एन्टिजन बिधिबाट गरिएको परिक्षणमा ३३ जनामा संक्रमणको देखिएको स्वास्थ्य संयोजक विकले बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्र कोल्टि बाट खटि स्वास्थयकर्मीको टोलिले हिजो वडा नं एक, तिन, चार, ६, सात र नौ वडाका स्थानियको स्वास्थय परीक्षण गरेको उहाँले बताउनुभएको छ । वडा नं एकमा ५२ जनाको परिक्षण गर्दा १७ जना, ३ मा १५ को परिक्षण गर्दा १ जना, ४ मा ४८ को परिक्षण गर्दा ४ जना, ७ मा ३४ को परिक्षण गर्दा ६ जना र वडा नं ९ पाण्डुसैनमा २२ जनाको परिक्षण गर्दा ५ जनामा संक्रमण पुस्टि भएको स्वास्थ्य संयोजक बिकले बताउनु भएको छ ।

वडा नं ६मा ७ जनाको परिक्षण गर्दा सातै जनामा रिपोर्ट नेगेटिभ आएको स्वास्थयकर्मीले बताएका छन । अन्य वडामा पनि परीक्षण गरीने बताईएको छ । नगरपालिकाले समुदायमा कोरोनाको संक्रमण फैलिएको भन्दै स्वास्थ्यकर्मीको टोलीलाई घरभेट कार्यक्रममा पठाएको छ ।    


प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल