अाली बैशाखमा नहुने चुनावकाे नाटक गर्दै छन भ्रममा नपर्न मन्त्री प्रकाश ज्वालाकाे जनतालाइ अग्रह

Radio Budhinanda FM -   BFM || २०७७ फाल्गुण २ आइतबार

अनिल शाही  

हुम्लाः कर्णाली प्रदेशका अर्थमन्त्री प्रकाश ज्वालाले केपी ओलीले बैसाखमा घोषणा गरेको चुनाव नहुने बताउनुभएको छ । २६ औ जनयुद्ध दिवसको अवसरमा हुम्लाको अदानचुली गाउँपालिकामा आयोजित सभालाई सम्वोधन गर्दै अर्थमन्त्री ज्वालाले केपीओलीले जनताको आँखामा छारो हाल्ने काम गरेकोले जसलाई एक जना रामकुमारी झाँक्रिले ठिक पारिसकेको बताउनुभयो ।

अर्को प्रशंगमा बोल्दै मन्त्री ज्वालाले प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदहरुको बलिदानबाट बनेको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कुल्चिन सकिन्छकी भन्ने भ्रममा रहेको बताउनुभएको छ । मन्त्री ज्वालाले इतिहासका महान सहिदहरु कहिल्यै नमर्ने बताउनुभयो । हजारौं सहिदहरु मरे भनेर प्रतिक्रियावादी सत्ताधारीहरुले यदि सोचेका छन् भने ती साह्रै ठूलो भ्रममा प्रधानमन्त्री रहेको बताउँनुभएको छ । कार्यक्रममा प्रमुखअतिथी समेतरहनुभएका मन्त्री ज्वालाले आधिकारीक पार्टी माधव प्रचण्ड नेतृत्व गरेको पाटी नै अधिकारीक भएको समेत दावी गर्नुभयो  ओली समूहको पाटी अधिकारीक नभएको एक सानो गुटको झुन्ड भएकोले ओलीको पाटीले बयालगाडा चुनाव चिन्न हुने बताउनुभयो । अदानचुली गाउँ कमिटीका अध्यक्ष हरीदल पुनको अध्यक्षतामा आज आयोजित सो कार्यक्रमको प्रमुख अतिथि अर्थमन्त्री ज्वाला रहनु भएको थियो भने विशिष्ट अतिथि नेकपा कर्णाली प्रदेशका सदश्य हस्त बहादुर शाही रहनुभएको थियो । 

हुम्लामा अाेली समूहले खुट्टाटेक्ने ठाउँनभएकाे नेकपा नेता हस्त शाहीकाे दावी

कार्यक्रमका विशिष्ट अतिथि शाही समेत रहनुभएका नेकपा युवा नेता हस्लेतबहादुर शाहीले सभालाई सम्वोधन गर्दै हुम्ला प्रचण्ड माधव नेतृत्वको नेकपाको किल्ला भएकोले हुम्लामा कसैले खुट्टा टेक्ने आँट नगर्न चेतावनी दिनुभएको छ ।

कार्यक्रममा नेकपाका नेता कारचेन लामाले प्रधानमन्त्री केपी ओली मानशिक रोगी भएकाले  उनले भनेको कसैले साँचो नमान्न हुम्ली जनतालाइ आग्रह गर्नु भएको छ । कार्यक्रमा अदानचुली गाउँपालीकाका २ हजार बढी नेता कार्यकर्ताको उपस्थिति रहेको कार्यक्रममा हुम्लाको अदानचुली गाउँपालिकाका सहिद परिवारलाई सम्मान समेत गरिएको रेडीयो बुढीनन्दालाइ जानकारी प्राप्तभएको छ । 

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल