बाजुराको कोल्टीमा महिला तथा पुरुष खुला फुटवल प्रतियोगिता सञ्चालन ।

Radio Budhinanda FM -   BFM || २०७७ चैत १४ शनिवार

             बाजुराको बुढीनन्दा नगरपालिकामा आज देखि महिला तथा पुरुष खुला फुटवल प्रतियोगिता सञ्चालन भएको छ । एमावुद्ध टिम बुढीनन्दाको आयोजनामा वडा नं दुईको कोल्टीमा आज देखि महिला तथा पुरुष खुला फुटवल प्रतियोगिता सञ्चालन भएको हो ।

आज एक कार्यक्रमका विच प्रतियोगिताको उद्धघाटन गरी खेल सञ्चालन गरीएको बताईएको छ । पहिलो दिन आज तिन वटा खेल सम्पन्न भएका एमावुद्ध फउण्डेसनका केन्द्रिय सदश्य उर्मिला रोकायाले जानकारी दिनुभएको छ । जनप्रकाश माद्यामिक विद्यालयको प्राङ्गणमा सञ्चालन भएको पहिलो खेलमा साईनिङ्ग स्टार र रोयल कोल्टी विचको कडा प्रतिस्प्रधात्मक खेलमा दुवै टिम वरावरीमा रोकीएका उहाँले बताउनुभयो ।

डियान वाईसी र युनाईटेड रोईला क्लव विच भएको दोश्रो खेलमा युनाईटेडले २ गोलको अग्रता वनाएको छ । युनाईटेडका खेलाडी लोेकेन्द्र रोकायाले २ गोल गरे प्रहार गरे संगै कल्वले अग्रता वनाउने मौका पाएको हो । त्यस्तै विविवाईसी र एस के फार्मेसि विच भएको अन्तिम खेलमा दुवै टिम वरावरीमा रोकिएका आयोजकले जनाएको छ ।

विविवाईसीका लिम्वु गिरीले दुई गोल र एस के फार्मेसिका आसिश भण्डारी र बलवहादुर थापाले एक एक गरे संगै खेल वरावरीमा रोकिएको बताईएको छ । प्रतियोगितामा ११ वटा टिमको सहभागिता रहेको खेल आयोजक समितिले जनाएको छ । 


प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल