नेकपाको अर्को स्थायी कमिटी बैठक आगामी पुस १ गते बस्ने

Radio Budhinanda FM -   BFM || २०७७ मङ्सिर २८ आइतबार

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी अर्को बैठक आगामी पुस १ गते बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठक पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक प्रकट गर्दै स्थगित भएको थियो । कोरोना संक्रणका कारण लामाको यही मङ्सिर २५ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको थियो ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेता लामाको निधनपछि एक जलविद्युत् आयोजनाको सम्बन्धमा नाम जोडेर पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनेकन लाञ्छना लगाई गरिएको प्रचारप्रति दुःख व्यक्त गर्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरेका थिए ।

अध्यक्ष प्रचण्डले जलविद्युत् आयोजनाका सम्बन्धमा देखिएको विवाद मिलाउनेतर्फ प्रवक्ता श्रेष्ठले पहल गरेको र मिल्न सुझाव दिएको बताएका थिए । बैठकपछि प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीलाई आज अन्य विषयमा भने छलफल नभएको जानकारी दिए ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल