हिमाली गाउँपालिकाद्धारा एमबुलेन्स सेवा संचालन

Radio Budhinanda FM -   BFM || २०७७ मङ्सिर २६ शुक्रबार

नहकुल जोशी

बाजुराको दुर्गम तथा पिछडीएको गाउँपालिकाको रूपमा चिनिने हिमाली गाउँपालिकाले एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । गाउँपालिकाले स्थानिय स्तरमा एम्बुलेन्स सेवा उपलब्ध गराउन भन्दै आज देखि औपचारीक रुपमा एम्वुलेन्स सेवा शुरु गरिएको छ । हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले आज एक कार्यक्रमका विच हिन्दु परम्पराअनुसार विद्यिवत रुपमा पुजाआजा गरी उद्घाटन गर्नुभए पछि सेवा शुरु गरिएको छ ।

दुुर्गम तथा पिछडीएको क्षेत्र मानिने हिमाली गाउँपालिका तथा छिमेकी जिल्ला हुम्ला, मुगुका स्थानीयलाई सेवा दिने उदेश्यले सो सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ । स्थानियलाई सिटामोल सम्म लिन पनि ५ घण्टा देखी ३ दिनको पैदल दुरी हिँडेर बुढीनन्दा नगरपालिका स्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पुग्नु पर्ने अवस्था विद्यमान रहेको भन्दै अध्यक्ष मल्लले स्थानिय स्तरमा सजिलै स्वास्थ्य सेवा पाओस भन्दै सो सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष मल्लले वताउनुभएको छ । अहिले हिमाली गाउँपालिकाको रुगीन स्वास्थ चौकी लगायत स्वास्थ्य संस्थाहरुले स्थानियहरुलाई सेवा दिई रहेका भए पनि कुनै जटिल समस्या आउना साथ कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पताल मार्तडी धाउनुपर्ने स्थानियहरुको बाध्याता रहेको छ । आर्थिक वर्ष २०७६÷७७ को विनियोजित १० लाख बजेट, नेपाल सरकारको राजश्व छुट गरेर एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको प्रमुख प्रसासकिय अधिकृत जनक बहादुर शाहीले जानकारी दिनुभएको छ ।


गाउँपालिका भित्रका तथा छिमेकी स्थानिय तह र हुम्ला, मुगु लगायतका जिल्लाका गरीव, अपाङ्ग, बद्धावृद्ध लगायतका जटिल अवस्थामा रहेका स्थानीयको उद्धार गर्ने स्वास्थ्य शाखा प्रमुख राजबहादुर भण्डारीले जानकारी दिनुभएको छ । शुदुरपश्चिम प्रदेश ००१ झ ४०८ नं को एम्बुलेन्स सेवा गाउँपालिकाले आजबाट सञ्चालनमा ल्याएको उहाँले वताउनु भएको छ । 

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल