बाजुराको स्वामीकार्तिक खापरगाउँपालिक द्वारा वृद्धसँग विरही कार्यक्रम अन्र्तगत जेष्ठनागरिकलाई न्यानो कपडा वितरण ।

Radio Budhinanda FM -   BFM || २०७७ पुस २५ शनिवार

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले वृद्धसँग विरही कार्यक्रम अन्तर्गत स्वास्थ्य परिक्षण सहित न्यानो कपडा वितरण गरेको छ । शुक्रबार गाउँपालिकाले वडा नं ४ र ५ का जेष्ठनागरिकको स्वास्थ्य परिक्षण गरी न्यानो कपडा वितरण गरेको हो । गाउँपालिकाले वडा नं ४ र ५ का जेष्ठनागरिकलाई वडा मै पुगेर न्यानो कपडा स्वरुप बलाङ्केट र जकेट वितरण गरेको जनाएको छ । गाउँपालिकाले जेष्ठनागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै ७५ वर्ष माथिका गैर दलित र ७० वर्ष माथिका दलितलाई न्यानो कपडा वितरण गरेको गाउँपालिकाका सूचना अधिकारी कुमेर बहादुर शाहीले जानकारी दिनुभएको छ । वडा नं ४ का ७३ र वडा नं ५ का ५१ जनालाई न्यानो कपडा विरतण गरेको उहाँले वताउनुभयो । वडा नं ४ का जेष्ठनागरिकका लागि वडा कार्यलय वाई र भौने तथा वडा नं ५ का जेष्ठनागरिकलाई वडा कार्यालय जेरामा न्यानो कपडा स्वरुप बलाङ्केट र ज्याकेट वितरण गरेको गाउँपालिकाले जनाएको छ । शुक्रवार आयोजित न्यानो कपडा वितरण कार्यक्रममा वडा नं ४ मा वडा अध्यक्ष काँसीराम कैला र वडा नं ५ मा वडा अध्यक्ष विष्णु बहादुर शाहीको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी सामाग्री हस्तान्तरण गरेको उहाँले वताउनुभयो । गाउँपालिकाका अध्यक्ष चिरन्जीवी शाही प्रमुख अतिथी रहनुभएको न्यानो कपडा वितरण कार्यक्रममा निमित्त प्रमुख प्रसाशकिय अधिकृत अमर बहादुर रोकाया, कार्यापालिकाका सदस्य, राजनैतिक दलका प्रतिनिधिहरु,स्वास्थ्यकर्मी, पत्रकार लगायतको उपस्थिती रहेको सुचना अधिकारी शाहीले जानकारी दिनुभएको छ ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल