बाजुराको हिमाली गाउँपालिकामा ल्याब सेवा सुचारु

Radio Budhinanda FM -   BFM || २०७७ माघ ११ आइतबार

सर्मिला रोकाया

बाजुराको हिमाली गाउँपालिकामा ल्याब सेवा सुचारु भएको छ । जिल्लाको दुर्गम तथा पिछडिएको गाउँपालिकाको रुपमा रहेको हिमाली गाउँपालिकामा स्वास्थ्य परीक्षणका लागि आवश्यक पर्ने मेसिनरी औजार उपकरण सहितको ल्याब सेवा सञ्चालनमा आएको हो । हिमाली गाउँपालिकाका स्थानियको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले आवश्यक उपकरण सहित पहिलो पटक ल्याव सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाका जनस्वास्थ्य अधिकृत राजबहादुर भण्डारीले जानकारी दिनुभयो । स्वास्थ्य परीक्षणको लागि आवश्यक पर्ने मेसिनरी औजार उपकरण सहितको सेवा सुचारु गरिएको उहाँले बताउनुभयो ।

              ल्याबमा क्षयरोगको जाँच, मलेरिया जाँच, कालाजार, यौन तथा सरुवा रोगहरु, रगत, दिशापिसाब लगायत १ सय भन्दा बढी जाँचहरु गरिने गाउँपालिकाका जनस्वास्थ्य अधिकृत भण्डारीले बताउनुभयो । गाउँपालिकामा ल्याब सुरु भएसँगै सामान्य गर्भवती जाँच गर्न कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र धाउनुपर्ने बाध्यताको अन्त्य भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा स्वास्थ्य प्रयोगशाला स्थापना गरी सेवा सुचारु भएको जनाईएको छ । गाउँपालिकामा सेवा सुरु भए पछि हिमालीका स्थानियलाई कोल्टी प्राथमिक केन्द्र र जिल्ला सदरमुकाम मार्तडी धाउनु पर्ने बाध्यता हटेपछि स्थानीय खुसी भएका छन् ।

                         स्थानियले सामान्य गर्भवती जांच गर्न प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी धाउनुपर्ने अवस्था थियो, गाउँपालिकामा भएका आधारभूत स्वास्थ्य सेवा केन्द्र र स्वास्थ्य चौकीबाट सामान्यतया आधारभूत स्वास्थ्य सेवा प्रदान गरिदै आएको अवस्थामा ल्याव सेवा निकै महत्वपूर्ण भएको निमित्त प्रमुख प्रशासकिय अधिकृत जनक बहादुर शाहीले बताउनुभयो । ल्याब सेवा संचालनका लागि गाउँपालिकाले ल्याब टेक्निसियन दिपक भण्डारीलाई करार सेवामा भर्ना गरि सेवा सुचारु गरीएको पनि उहाँले बताउनुभयो । 


प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल