बुढीनन्दामा एकैदिन दुई जिप दुर्घटना ९ जना घाईते

Radio Budhinanda FM -   BFM || २०७७ मङ्सिर २५ बिहिबार

अनिल शाही

बाजुरा, २५ मंशिर

बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा नम्मर १ पार्तोलामा  जिप दुर्घटना भएको छ । हिमाली गाउँपालिकाको धुलाचौर देखी कोल्टी आउदै गरेको यात्रुबाहक जिप दुर्घटना भएको हो । जयमालिका यातायात प्रालिको से १ ज ३ १० नम्मरको जिप दुर्घटना हुदा ९ जना घाइते भएको ईलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ ।


हिजो साझ ६ बजे माईति मनाएर बुढीनन्दा नगरपालिका फर्किदै गरेका यात्रु बोकेर फर्किदै गरेको जिप पार्तोलाको खालामा अचानक दुर्घटनाहुदा सडक बाट अन्दाजी ४ मिटर तल सिचाइ कुलामा पल्टेको थियो । जिप पल्टीदा जिप चालक नामाङ्ग काल्देङ्ग थापा भोटे, बुढीनन्दा नगरपालिका ३ का मिम बहादुर बुढा,सविना बुढा, सुस्मीता बुढा, दिपेन्द्र बुढा, गँग बुढा,रत्न बुढा, अमृत बुढा, जय बहादुर बढा र खत्याड गाउँपालिका २ सेरीका टेक बहादुर बुढा रहेका छन ।

घाईते ९ जनाको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भईरहेको र उनिहरुको अबस्था सामान्य रहेको प्राथमिक स्वास्थ केन्द्र कोल्टीका प्रमुख डाक्टर राजुराज जैसीले जानकारी दिनुभएको छ । जिप दुर्घटना हुदा कुलामा पानि खादैगरेका २ ओटा गोरु समेत मरेको स्थानियले बताएका छन ।

त्यस्तै हिजो बुढीनन्दा नगरपालिका वडा नम ६ कोटीला जादै गरेको से १ ज १ हजार ३ नम्बरको जिप पनि दुर्घटना भएको छ । जिप दुर्घटना हुदा मानविय क्षेती नभएपनि जिपमा भने सामान्य क्षेति भएको ईलाका प्रहरी कार्यालय कोल्टीका प्रमुख प्रहरी निरिक्षक देबेन्द्र राज जोशीले जानकारी दिनुभएको छ । 


प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल