Radio Budhinanda FM - BFM || २०७७ पुस २८ मङ्गलबार
नरजन तामाङ हुम्ला
आर्थिक अभावका कारण चंखेली गाँउपालिका २ का नगेन्द्र सुनारको उपचारमा समस्या भएको छ ।
कपालकोे नशा च्यापिएर बिरामीले थला परेका सुनार विगत तीन महिनादेखि उपचार नपाउदा ओछ्यानमा थला परेका छन ।
तीन वर्षअघि कपालको नशा च्यापिएर उपचारमा काठमाडौं पठाएपनि आर्थिक अभावले छोरा उपचार हुुुन नसकेको उनका बुबा पौमल सुनारले जानकारी ।
छोरालाई उपचारमा काठमाडौं पठाईएको हो आर्थिक अभावले तीन महिनादेखि कोठमै थला परेको छ अरू केही विकल्प छैन पैसा छैन सुनारले दुखेसो गरे ।
घरको जग्गा जमीन पनि उपचारमा खर्चको लागि बिकि गरेपनि आर्थिक नपुगेको पौमल सुनारको भनाई छ । बिरामीले थला परेका नगेन्द्र सुनारले उपचार आर्थिक अभावले महिनौदिनदेखि अछयानमै थला परेको दुखेसो गरे । उनले भने उपचार सहयोग गरिदिन हुन देश विदेशमा रहनु भएका सम्पुर्ण लाई समेत आग्रह गरेका छन । सुनारलाई आर्थिक सहयोग गर्न उनको मोबाईल नम्बर ९८४५४४२९३३मा सम्पर्क गरि आवश्यक सहयोग समेत गर्न सक्नेछन ।
व्यास्थापक:-
प्रधान सम्पादक:-
सम्पादक:-
सम्पादक:-
रिपोर्टर:-
कानुनी सल्लाहकार:-