तीनधारे झरना’मा आन्तरिक पर्यटकको घुँईचो

Radio Budhinanda FM -   BFM || २०७७ मङ्सिर २८ आइतबार

बनेपा । पनौतीका जयराम मानन्धर लकडाउनकै बीचमा रोशी–२ स्थित ‘तीनधारे झरना’ पुगे । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग सल्लाह गरेर पहिलो पटक त्यहाँ पुगेका उनले भने, ‘हाम्रै वरिपरि पनि यस्तो राम्रो झरना रहेछ, धेरै खुशी र आनन्द लाग्यो ।’ त्यहाँसम्म पुग्नको लागि बाटो असहज भएपनि झरना आकर्षक भएकाले त्यसको लागि स्थानीय सरकारले पर्यटन प्रबद्र्धनमा ध्यान दिए पर्यटकको आकर्षक थलो बन्ने उनको भनाइ छ ।

बनेपाका सुमन मानन्धरले पनि साथीसँग सो झरनामा रम्न पाउँदा निकै आनन्द लागेको बताउनुभयो । उनले भने, ‘झरना हेर्न जाने अवसर मिल्यो, धेरै राम्रो रहेछ ।

यो ठाउँलाई पर्यटन प्रबद्र्धनको लागि योजनाबद्ध रुपमा विकास गर्न आवश्यक छ ।’ धेरै मासिनको भीड लाग्ने गरेको कारण सवारी पार्किङको व्यवस्थापनसहित अन्य पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने उनले बताए । ‘ठाउँ समणीय भएको कारण त्यहाँका तस्बिर मात्रै देख्नेहरु पनि जान मन गर्नेछन्’, मानन्धरले भने ।

बनेपाकै अर्का स्थानीय यादव फैंजु पनि आफ्ना सात साथीको साथमा सो झरना अवलोकन गर्न त्यहाँ पुगे । ‘सामाजिक सञ्जालमा धेरै प्रचार भएको देखेपछि झरना अवलोकन गर्न आइतबार गएको थिएँ, धेरै आकर्षक र मनमोहक लाग्यो’, उनले भने, ‘सामाजिक सञ्जालमा देखेकोभन्दा वास्तविकता अझै सुन्दर पाएँ ।’

त्यहाँसम्म पुग्ने यातायातको सहज व्यवस्था बनाएको खण्डमा प्रचुर मात्रामा आन्तरिक तथा बाह्य पर्यटनको पहिलो गन्तब्य बन्ने फैंजुले बताए । बनेपा–नमोबुद्ध–दाप्चा–पिपलटार–फलामेसाँघ हुँदै काफलडाँडासम्म अच्ची मोटरबाटो गएपछि करिब एक किलो मिटर गोरेटो बाटो हिडेपछि सो झरनामा पुग्न सकिन्छ ।

झरना अत्यन्तै मनमोहक भएको कारण केही दिन यतादेखि रोशी–२ मा रहेको ‘तीनधारे झरना’मा आन्तरिक पर्यटकको घुँईचो लाग्दै आएको छ । कोरोना कहरकै बीचमा पनि विशेषगरी शहर बजार क्षेत्रका मानिस घुम्न त्यहाँ पुग्ने गरेका हुन् ।

महाभारत जङ्गलबाट निस्केको मुहानको चिसो पानीको झरनामा रम्दै तस्बिर लिन, नुहाउन र झरनामा लुकामारी खेल्न पाउने भएपछि केही हप्तादेखि सवारी साधनसहित लिएर त्यहाँ घुम्न जानेहरुको सङ्ख्यामा उल्लेख्य बृद्धि भएको छ । स्थानीय सरकारले कोरोनाको सङ्क्रमणको प्रभावका कारण भीडभाड नगर्न आग्रह गर्दै सो ठाउँमा आवतजावत कम गर्न आग्रह गरेको छ ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल