संवैधानिक परिषद् अध्यादेश जारी : बहुमत सदस्यबाट सञ्चालन र नियुक्ति

Radio Budhinanda FM -   BFM || २०७७ पुस १ बुधबार

काठमाडौं । सरकारले संवैधानिक पदाधिकारी नियुक्तिलाई सहज बनाउने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको छ । सभामुख अग्नी सापकोटाले दुई पटकको परिषद्को बैठक र त्यसअघि प्रमुख प्रतिपक्षी दलका नेता पनि नआएपछि सरकारले बहुमतकै आधारमा निर्णय गर्नेगरी अध्यादेश ल्याएको हो । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति समक्ष अध्यादेश जारी गर्न सिफारिस गरेको थियो । यद्यपी केही मन्त्रीले भने त्यस विषयमा कुनै निर्णय भएको बारेमा आफुहरुलाई थाहा नभएको जानकारी दिएका छन् । संशोधित व्यवस्थाले परिषद्को अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य बैठकमा उपस्थित भएमा गणपुरक संख्या पुगेको मानिने व्यवस्था गरेको छ ।

ऐनमा अध्यक्ष र अन्य चार जना सदस्य उपस्थित भएमा मात्र गणपुरक संख्या पूरा भएको मानिने व्यवस्था थियो । प्रधानमन्त्रीको अध्यक्षतामा हुने परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, विपक्षी दलका नेता, राष्ट्रिय सभाका अध्यक्ष र प्रतिनिधि सभाका उपसभामुख गरी ६ सदस्य हुन्छन् । अहिले उपसभामुख रिक्त रहेका कारण बाँकी पाँचै जना सदस्य उपस्थित नभएसम्म बैठक बस्नका लागि गणपूरक संख्या पुग्दैनथ्यो । मंसिर २८ गते बोलाएको बैठकमा सभामुख सापकोटा र विपक्षी दलका नेता देउवा उपस्थित भएका थिएनन् । मंगलबार विहान बोलाएको बैठकमा देउवा गए तर सभामुख अनुपस्थित भए । अब तत्काल बहाल रहेकामध्ये बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सकिने प्रावधानले प्रधानमन्त्री र थप दुई जना सदस्य उपस्थित भएमा पनि बैठक बस्न सक्नेछ । अहिले पाँच सदस्य रहेकोमा अब प्रधानमन्त्रीसहित ३ सदस्य मात्र उपस्थित भएपनि बैठक बस्न सक्नेछ ।

अध्यादेशले परिषदको निर्णयसम्बन्धी व्यवस्थामा पनि संशोधन गरेको छ । अध्यादेशको दफा २ को उपदफा ५ मा सर्वसम्मतिले निर्णय हुन नसकेमा तत्काल बहाल रहेका सदस्यको बहुमतबाट निर्णय हुनसक्ने प्रावधान राखिएको छ । यसअघि परिषदसम्बन्धी ऐनमा पेश भएका प्रत्येक विषयको निर्णय सर्वसम्मतिको आधारमा हुनुपर्ने व्यवस्था थियो । सर्वसम्मति कायम हुन नसकेमा सो विषयमा निर्णय गर्न अध्यक्षले पुनः अर्को बैठक बोलाउनुपर्ने व्यवस्था थियो । दोस्रो बैठकबाट पनि निर्णय हुन नसकेमा बहुमतीय प्रक्रियाबाट निर्णय गर्न सक्ने प्रावधान थियो ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल