काेल्टी क्षेत्रका बजार अनुगमन

Radio Budhinanda FM -   BFM || २०७८ जेठ १९ बुधबार

सर्मीला राेकाया

लकडाउनको मौकामा कालोबजारी बढेको गुनासो भै रहेका बेला आज बाजुराको जगन्नाग गाउँपालिका वडा नं १ मा रहेको पिलुचौर बजारको अनुगमन गरिएको छ ।

लकडाउनको समयमा स्थानिय वजारहरुमा दैनिक उपभोग्य वस्तुको मूल्यमा बृद्धि गरिएको र पुराना थन्कीएका सामान समेत विक्रिवितरण भै रहेको समाचार रेडियो बुढीनन्दाबाट प्रसारण भए पछि सरोकारावाला निकायले आज बजारको अनुगमन गरेको छ । अनुगमनको क्रममा केहि म्याद नाघेका अखाद्यबस्तु वरामत गरी नष्ट गरिएको जनाइएको छ ।


बुढीनन्दा नगरउपप्रमुख सृष्टिी रेग्मीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बाजुराका प्रतिनिधि  ईलाका प्रहरि कार्यालय कोल्टिका प्रतिनिधि , पत्रकार तथा बुढिनन्दा नगरपालिका अनुगमन समितिको रोहबरमा बजार अनुगमन गरि उक्त सामान बरामत गरिएको बताईएको छ ।

साथै बजार तथा समुदायमा तेल र चामलको मुल्य अस्वभाबिक रुपमा बृदि भएको जनगुनासो आईरहेकाबेला सो मुल्य मार्तडि बाटै बढेको पाईएकोले सम्बन्धित निकायबाटै थप अनुगमन हुनुपर्ने बुढिनन्दा नगरपालिकाका उपप्रमुख सृस्टि रेग्मिले बताउनु भएको छ 

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल