बाजुरामा योवर्ष भुवा पर्वको रौनक खासै देखिएन

Radio Budhinanda FM -   BFM || २०७७ पुस २९ बुधबार

बाजुरा जिल्लाका विभिन्न ठाउँमा परम्परागत रुपमा मनाउँदै आएको भुवा पर्वमा यो वर्ष भने खासै रौनकता नदेखिएको स्थानियले बताएका छन । पञ्चेबाजाका साथमा पुसे औँसीबाट सुरु हुने यो पर्व यस वर्षमा भने पुसको अन्तिम सातामा सूरु भएपछि यसको खासै रौनकता नदेखिएको हो ।

पौराणिककालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनाका रुपमा मनाउँदै आएको यो पर्व यस वर्ष पुसको अन्तिम दिनमा सकिने भएको छ । जिल्ला बासीका लागि दसैँ तिहार पछिको दोस्रो ठूलो चाडका रुपमा मनाईने यो पर्वमा पुरुषहरु हातमा तरबार र खुकुरी प्रदर्शन गरी मनाउने परम्परा छ । यस पर्वको सुरुको दिन राँके जुलुस निकालेर रातभर बाजागाजाको तालमा नाच्ने र गीत गाउने गरिन्छ ।

यो पर्व विशेष गरी बाजुरा, बझाङ, अछाम, डोटी र मध्यपश्चिमका विभिन्न जिल्लामा मनाउने चलन रहेको छ । बाजुरामा बुढीनन्दा नगरपालिका, हिमाली, स्वामीकार्तिक, जगन्नाथ, बडीमालिका, बुढीगंगा, त्रिवेणी, खप्तड क्षेडेदह लगायतका पालिकाका गाउँमा यो पर्व मनाउने प्रचलन रहि आएको छ । यस क्षेत्रको मौलिक पर्वमध्येको एक पर्वका रुपमा लिइने यस पर्वमा ठूलाबडाको मुखबाट कथा, दन्ते कथाका साथै शुक्ति सुन्ने चलन रहि आएको छ ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल