बहुमतको जोड-घटाउ : ठाकुर र महतोसँग बुढानिलकण्ठमा देउवाको छलफल

Radio Budhinanda FM -   BFM || २०७८ ब‌ैशाख ३० बिहिबार

काठमाडौँ — सरकार गठनबारे छलफल गर्न जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेका छन् । 

बिहीबार ११ बजेपछि दुवै नेता देउवा निवास पुगेका कांग्रेसका एक नेताले जानकारी दिए । 'सरकार गठनबारे ठाकुर र महतो आउनुभएको छ । सभापतिसँग उहाँहरूले छलफल गरिरहनुभएको छ,' कांग्रेसका नेताले बताए ।

सरकार गठनबारे कसरी अगाडि बढ्ने, सत्ता साझेदारी गर्न/नगर्नेबारे देउवाले जसपाका नेताहरूलाई छलफल गर्न बोलाएको जसपाका नेताहरूले बताएका छन् । देउवाले बोलाएकाले ठाकुर र महतो गएको उनीहरूनिकट व्यक्तिले बताएका छन् ।

देउवालाई भेटेर फर्किएपछि ठाकुरले सांसद र कार्यकारिणी समितिका सदस्यहरूसँग छलफल गर्ने भएका छन् ।

ठाकुरले देउवालाई प्रधानमन्त्रीमा सहयोग गर्न नसकिने बताउँदै आएका छन् । बिहीबार साँझ ९ बजेसम्म राष्ट्रपतिले नयाँ प्रधान

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल