एक कार्यक्रमका विच कोल्टी बजारको सरसफाई ।

Radio Budhinanda FM -   BFM || २०७७ मङ्सिर २८ आइतबार


बाजुराको बुढीनन्दा नगरपालिका वडा नं १ र २ मा पर्ने कोल्टी वजार क्षेत्रमा आज सरसफाई गरेको छ । बुढीनन्दा नगरपालिकाको सहयोग, इलाका प्रहरी कार्यालय बुढीनन्दाको सहजीकरण तथा वडा नं १, २, उद्योग वाणिज्य संघ, वजार व्यवस्थापन समिती र विभिन्न यातायात प्रालीको साझेदारीमा आज एक कार्यक्रमका विच सरसफाई गरीएको हो । बुढीनन्दा नगरपालिका वडा नं १ र २ मा रहेको कोल्टी बजार क्षेत्रलाई फोहोर मुक्त बनाउने उदेश्यका साथ बजार क्षेत्रमा प्लाष्टीक जन्य लगायत फोहोर व्यवस्थापन गरेको वताइएको छ । आज बिहान ७ ः ३० बजे कोल्टी शिवमिलन पार्कमा सरोकारवाला पक्ष भेला भई बजार क्षेत्र सरसफाई तथा फोहोर व्यवस्थापन गरेको नगरपालिकाले जनाएको छ । सरसफाई तथा फोहोर व्यवस्थापनमा नगरपालिकाका कर्मचारी, जनप्रतिनिधी, राजनितिककर्मी, समाजसेवी, बुद्धीजीवि, व्यापारव्यवसायी, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायत स्थानीयको सहभागिता रहेको वताइएको छ ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल