युवासंघ नेपालका उपमहासचिव शाहीद्धारा मृगौला पिडित नविनलाई आर्थिक सहयोग ।

Radio Budhinanda FM -   BFM || २०७८ भदौ १३ आइतबार

बाजुराको जगनाथ गाउँपालिकाका युवा नेता धर्म बहादुर शाहीले एक जना मृगौला पिडितलाई आर्थिक रकम सहयोग गर्नुभएको छ । युवा संघ नेपालका उपमहासचिव समेत रहनुभएका शाहीले आफ्नो जन्म दिनको अवसरमा मृगांैला पिडित नविन शाहीलाई दश हजार आर्थिक रकम सहयोग गर्नुभएको हो । असाध्यै असल, सालिन अनि सरल र सहयोगी ब्यक्तित्व शाहीले शनिवार पर्न गएको जन्म दिनको अवसरमा मृगौला प्रत्यारोपण गराउदै आउनु भएका मृगांैला पिडित नविन शाहीलाई दश हजार आर्थिक सहयोग गरेको जानकारी दिनुभयो ।

   उहाँले जन्म दिनको अवसरमा पार्टी प्यालेसमा वसि खर्चिलो तरीकाले जन्म दिन मनाउनु भन्दा सोहि खर्चबाट गरीव, असाहय अनि विभिन्न समस्यामा परेका नागरीकलाई सहयोग गर्न पाउदा खुशि लागेको बताउनुभयो । जन्म दिनको अवसरमा साथिभाई तथा आफन्तजन विच अनावश्यक हुने खर्चको ब्यवस्थापन गरी सोहि रकम मृगांैला पिडितलाई सहयोग गर्ने अवसर पाउदा गांैरम्भीत भएको बताउनुभएको छ । उहाँले विगतका दिनमा भन्दा यस वर्षको जन्म दिन फरक तरीकाले मनाईएको पनि बताउनुभयो ।

   युवा नेता शाहीले जन्म दिनको अवसरमा गरेको सहयोग प्रति सामाजिक सञ्चालमा आफन्तजनबाट धन्यवाद सहित जन्म दिनको सुभाकामना समेत प्राप्त भएका छन । सहयोगको लागि आदरणीय कमरेड धर्म बहादुर शाहीलाई धेरै धरै धन्यवाद, साथै जन्म दिनको लाखौ लाख शुभकामना, फेरि पनि अगामि दिनमा पनि यस्तै सामाजिक कार्य गर्दै जानू हुनेछ र समग्र बाजुरेली जनताको सुख दुखको साथी बन्नु हुनेछ भन्ने हाम्रो आसालाई कहिल्यै निरासामा परिणत हुन दिनु हुने छैन भन्ने आसा गरेका छौ, जगन्नाथ गाउँपालिका गुरुप परिवारले आफ्नो फेसवुक आईडिमा लेखेको छ । फेरि पनि उज्ज्वल राजनितिक भबिष्यको कामना सहित जन्म दिनको लाखौ लाख शुभकामना आदरणीय नेता कम्रेट धर्म शाहिलाई हाम्रो सुन्दर जगन्नाथ गाउँ पालिका गुरुप परिवार को तर्फबाट भनेर उल्लेख गरेको छ । 

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल