Radio Budhinanda FM - BFM || २०७७ माघ ११ आइतबार
धनगढीः नेकपा प्रचण्ड–नेपाल समूहले धनगढीमा सरकार विरुद्ध विरोध सभाको आयोजना गर्ने भएको छ।
आइतबार नेकपाले पत्रकार सम्मेलनको आयोजना गर्दै माघ १७ गते हुने विरोध सभाबारे जानकारी दिएको छ।
सुदूरपश्चिम इन्चार्ज भीम रावलले विरोध सभालाई पार्टीका अध्यक्षद्धय पुष्पकमल दाहल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सम्बोधन गर्ने बताए। विरोध सभा धनगढीको खुलामञ्चमा आयोजना गरिने रावलले जनाए।
सभालाई पार्टीका अन्य नेताहरुले पनि सम्बोधन गर्ने भएपनि नाम टुंगो लाग्न बाँकी रहेको छ। प्रतिनिधीसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कमद विरुद्ध सभा आयोजना गर्न लागेको इन्चार्ज रावलले बताए।
व्यास्थापक:-
प्रधान सम्पादक:-
सम्पादक:-
सम्पादक:-
रिपोर्टर:-
कानुनी सल्लाहकार:-