नेकपा बाजुराकाे काेल्टीमा अायाेजना हुने बृहत अाम सभामा डा.भिम रावल अाउने ।

Radio Budhinanda FM -   BFM || २०७७ माघ १० शनिवार

जीवन कैला

बाजुरा — नेकपा बाजुराले काेल्टीमा अायाेजना गर्न लागेकाे यहिमाघ १३ गतेकाे बृहत अाम सभामा सम्बाेधन गर्न नेकपाका स्थायी कमिटी सदस्य तथा नेकपा सुदुर पश्चिम प्रदेश इन्चार्ज डा. भिम रावल बाजुरा अाउने भएका छन । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा नेकपा सुदुर पश्चिम प्रदेश सह इन्चार्ज खगराज भट्ट, सुदुरपश्चि प्रदेश सरकारका आन्तरीक मामिला तथा कानुन गृह मन्त्री प्रकाश शाह,  सुदुरपश्चि प्रदेश सांसद बल्देब रेग्मी नेकपा सुदुर पश्चिम प्रदेश सदस्य तथा पुर्व राज्य मन्त्री कण बहादुर वि.क लगायतका नेताहरुको उल्लेख्य सहभागीता हुने नेकपा का नेता  गोरख शार्कीले बताएका छन ।  यता केहि ब्यक्तिले सामाजीक संलालमा प्रदेश सांसद बल्देब रेग्मी नअाउने भन्दै अफबाह फैलाएकाे भन्दै त्यस्ता गलत प्रचारमा नलाग्न सम्पुण नेता कार्यकर्तालाइ अाग्रहसमेत गरेका छन ।

बाजुरा जिल्लाकाे प्रदेश क बाट निर्बाचित सासंद बल्देब रेग्मी केही समय मौन रहेका भएपनि केपी अाेलीले चालेकाे असम्बैधानिक कदमकाे विराेधमा सहभागिहुने उहाँका स्वकिय सचिव हरीचन्द्र रेग्मीले  रेडियाे बुढीनन्दालाइ जानकारी गराउनुभएकाे छ ।

पहिले देखी नै माधव नेपाल समुहमा रहेका सासंद रेग्मी एक महिन अगाडी प्रधान मन्त्री केपी ओलीले गरेको सासंद बिघठन पछि कुनै गुटमा नखुलेका नेता रेग्नमी यही माघ १३ गते उहाँकै निर्बाचान क्षेत्रमा हुने नेकपा  प्रचण्ड माधव समुहकाे अायाेजनामा हुने बृहतआम सभामा सहभागीता जनाउने सांसद रेग्मीले बताउनुभएकाे छ । उहाँका अनुसार अाफु  केही समय मौन रहे पनी पार्टीका गतिबिधी बढिरहेका बेला  अाफु मौन बस्न नहुने भन्दै सम्पुर्ण नेता कार्यकर्तालाइ  प्रष्ट रूपमा पार्टीका गतिविधिमा लाग्न समेत अाग्रह गर्नुभएकाे छ । 

 केपी ओलीको असमंबैधानीक कदम बिरुद्ध माघ १३ गते हुने बृहत अाम सभा कार्यक्रममा  कुण्डा क्षेत्रका हजाराैं काे संङख्यामा जनता काेल्टीमा उतार्ने समेत नेकपाकाे रणनितिरहेकाे छ । 

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल