Radio Budhinanda FM - BFM || २०७७ माघ ८ बिहिबार
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका– ३ को चौकिडाडाँमा जीपले मोटरसाईकल र साईकललाई ठक्कर दिदाँ ४ जना घाईते भएका छन । केहिबेर अगाडी अत्तरियाबाट महेन्द्रनगर तर्फ गईरहेको सुपप्र ०१ ००९ प १७६० नम्बरको मोटरसाईकल र सोहि दिसाबाट गईरहेको साईकललाई विपरीत दिसाबाट आईरहेको बा १० च ६०६४ नम्बरको कारले ठक्कर दिदाँ ४ जना घाईते भएका हुन ।
घाईते चारै जनालाई पदमा अस्पतालमा ल्याईएको छ । घाईते मद्ये १ जनाको अवस्था गम्बिर रहेको पदमा अस्पतालले जनाएको छ । घाईतेहरुको परिचय भने खुल्न सकेको छैन ।
जीपले टिप्परलाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको स्थानिय लेखक राज जोशीले बताए ।
जीप चालक भिमदत्त नगरपालिका १८ का थानेस्वर तिवारी सहित जीप र टिप्परलाई नियन्त्रणमा लिईएको घटनास्थलमा खटिएका एक प्रहरीले जानकारी दिएका छन ।
व्यास्थापक:-
प्रधान सम्पादक:-
सम्पादक:-
सम्पादक:-
रिपोर्टर:-
कानुनी सल्लाहकार:-