भारत जान हिँडेका पुरुष महेन्द्रनगरको होटलमा मृत भेटिए

Radio Budhinanda FM -   BFM || २०७७ माघ ११ आइतबार

धनगढीः भारत जान हिँडेका एकजना कञ्चनपुरमा मृत अवस्थामा फेला परेका छन्।

जिल्ला सदरमुकाम महेन्द्रनगर बस पार्क स्थित कोसी एण्ड मोरङ होटलमा धादिङको ज्वालामुखी गाउँपालिका ३ बस्ने वर्ष ६७ वर्षीय नरे सार्की मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले शनिबार होटलमा बास बसेका सार्की आइतबार बिहान मृत अवस्थामा फेला परेको दिनेशखबरलाई बताए। 

उनका अनुसार सार्की उपचारका लागि भन्दै भारततर्फ गइरहेका थिए। मृतकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको प्र्रहरीले जनाएको छ। 

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल