भिरबाट लडेर मृत्यु ७३ वर्षिया उपाध्यायको

Radio Budhinanda FM -   BFM || २०७७ पुस २९ बुधबार

जीवन कैला

बाजुराको बुढीनन्दा नगरपालिकामा भिरबाट लडेर आज एक जनाको मृत्यु भएको छ । बुढीनन्दा नगरपालिका वडा नं एकका ७३ वर्षिया लक्ष्मीराज उपाध्यायको भिरबाट लडेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ । हिजो साझँ गाईवस्तु ल्याउन भनि घरबाट जानुभएका उपाध्याय घर नफर्किए पछि खोजी तलासि गर्ने क्रममा आज मृत अवस्थामा फेला पारीएको प्रहरी निरीक्षक देवेन्द्र जोशीले जानकारी दिनुभएको छ ।

हिजो साझँ हराएको जानकारी प्राप्त भए पनि खोजी गर्ने क्रममा आज दिउसो करीव २ वजे तिर बुढीनन्दाको तारेजुर भिरमा उपाध्यायको शव भेट्टिएको उहाँले बताउनुभएको छ । मृतक उपाध्ययको आजै पोष्टमार्टम गरीएको प्रहरीले जनाएको छ । उहाँका श्रीमति, दुई छोरा र दुई छोरी रहुनभएको आफन्तले बताएका छन ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल