ट्याक्टर दुर्घटनामा परि मार्तडीमा एक जनाकाे मृत्यु

Radio Budhinanda FM -   BFM || २०७७ पुस २८ मङ्गलबार

 बाजुराकाे मार्तडी बाट तिपाडा जादै गरेकाे नम्बर बिहिन ट्याक्टर चाैराटी खेत नजीक दुरघटनामा परी एक जनाकाे मृत्यु भएकाे छ । दुर्घटनामा परी ट्याक्टर मालिक स्वमिकार्तिक ४ छापुका ६० बर्षीया धन नाथयाेगीकाे जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी लाेकेन्लेद् सिहं ठगुन्नाले बताएका छन ।

उनकाे उपचारकै क्रममा मृत्यु भइसकेकाे जिल्ला अस्पताल बाजुराले जनाएकाे छ ।  राती  १० बजे सामान लिनकाे लागि तिपाडा तिर खालि सिलिन्डर ग्यास लैजाने  क्रममा साे ट्याक्र दुर्घटना भएकाे  सुचना अधिकारी ठगुन्नाले बताए ।  ट्याक्टर चालक भने अहिले सम्म फरार रहेकाे जनाईएकाे छ । ट्याक्टर राेड बाट १०० मिटर तल खसेकाे जनाएकाे छ  ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल